बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बाटुलेचौर मन्दिरमा पर्वत जेसीजद्धारा घण्ट प्रतिष्ठा

पर्वत : पर्वत जेसीजले मनाइरहेको जेसीज सप्ताह–२०२४ अन्तर्गत मंगलबार कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको बाटुलेचौर भगवती मन्दिरमा घण्ट प्रतिस्थापन सहित पूजा सामग्रीहरु वितरण गरेको छ ।
धार्मिक तथा ऐतिहासिक रुपमा लोकप्रिय रहेको बाटुलेचौरमा पछिल्लो समयमा भौतिक निर्माणका कामहरुसँगै विकासका अन्य पक्षहरु पनि बृद्धि भइरहेको बेलामा जेसीजले पनि आफ्नो कार्यक्रम सोही मन्दिरमा राखेको हो । पोखराको प्रतिभा माध्यमिक विद्यालयले सौजन्य गरेको झण्डै २२ किलो तौल भएको घण्ट मन्दिरमा प्रतिस्थापन गरिएको पर्वत जेसीजका अध्यक्ष मिलन पौडेलले बताए । कार्यक्रममा बोल्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश पौडेले मन्दिरको प्रबद्र्धनका लागि पर्वत जेसीजले गरेको कामप्रति धन्यवाद व्यक्त गरे ।
आवश्यक प्रचारप्रसारको अभावमा बीचमा केही सुनसान भएको भए पनि पछिल्लो समयमा भने भक्तजनहरुको बाक्लो उपस्थिति मन्दिरमा हुने गरेको उनको भनाई छ । कार्यक्रममा अध्यक्ष पौडेल र कार्यक्रमकी संयोजक शर्मिला पौडेलले पनि भनाई राखेका थिए । मन्दिरका अध्यक्ष पौडेलका अनुसार राजा दशरथले सोही ठाउँमा यज्ञ गरेका भन्ने मान्यता राखेर अहिलेसम्म पनि निरन्तर रुपमा कुण्डमा आगो बाल्ने गरिएको छ ।
राजा दशरथले होम गर्नका लागि जुन कुण्डमा होम गरेका थिए सोही कुण्डमा हालसम्म पनि आगो निभ्न नदिएर होम हुँदै आइरहेको अध्यक्ष गणेश पौडेलले बताए । यस्तै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा रहेकी देवीकी सहोदर बहिनीका रुपमा पनि बाटुलेचौरकी देवी रहेको किवंदन्तीहरु पनि रहेका छन् । जेसीजले बुधबार पर्वत उद्योग वाणिज्य सङ्घको सभा हल, कुश्मामा पर्वत जिल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगिता र पर्वत जेसीज सचिवालयमा जेसीज सङ्गम कार्यक्रम राखेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive