मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

शिक्षक आन्दोलन : पर्वतका शिक्षकलाई आन्दोलन स्थलमा नै हाजिर गराउन अपिल

बैशाख ४, २०८२

पर्वत : शिक्षकहरूको जारी आन्दोलनमा पर्वतका शिक्षकहरूलाई आन्दोलन स्थलमा नै हाजिरी गर्ने गरी काठमाडौँ आउन आह्वान भएको  ।
आन्दोलन परिचालन समिति पर्वत अन्तर्गत नेपाल शिक्षक सङ्घ पर्वतका अध्यक्ष यज्ञनाथ बास्तोला, राष्ट्रिय शिक्षक सङ्गठन पर्वतका अध्यक्ष दुर्गा प्रसाद पौडेल र अखिल नेपाल शिक्षक सङ्गठन पर्वतका अध्यक्ष भागीरथ अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो आह्वान गरिएको हो। विज्ञप्तिमा शिक्षकहरूलाई काठमाडौँ केन्द्रित आन्दोलनमा अनिवार्य सहभागी हुन र विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई सहभागी गराई आन्दोलन स्थलमा नै हाजिरको व्यवस्था गर्न सबै प्रधानाध्यापकहरूलाई अनुरोध गरिएको छ।
‘यो आन्दोलनलाई अझ सशक्त बनाउन २०८१ चैत्र २५ बाट आम शैक्षिक हडताल गरिएको कुरा सर्वविदितै छ। काठमाडौँको शैक्षिक सड्क आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गर्दछौँ’, उनीहरूले भनेका छन्, ‘विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई सहभागी गराइ आन्दोलन स्थलमा नै हाजिरको व्यवस्था गर्नुहुन पर्वत जिल्लाका सबै प्रधानाध्यापक ज्यूहरूलाई हार्दिक अपिल गर्दछौँ ।’
आन्दोलन अवधिभर विद्यार्थी भर्ना कार्यक्रम, एस.ई.ई का उत्तर पुस्तिका परीक्षण, कक्षा १२ को वार्षिक परीक्षा सम्बन्धी सम्पूर्ण कार्यहरू नगर्न÷नगराउन समेत समितिले सूचित गरेको छ। नेपाल शिक्षक महासङ्घको निर्देशनलाई अवज्ञा गर्ने जो कोहीलाई पनि शैक्षिक आन्दोलन विरोधी तत्त्वको रूपमा अभिलेखीकरण गरिने चेतावनी समेत समितिले दिएको छ।
उनीहरूले तत्काल शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागी गरिएको यस आन्दोलनलाई सहयोग र समर्थन गरिदिन सम्पूर्ण विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा  सरोकारवाला सबै पक्षहरूसँग अनुरोध गरेका छन्। गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी, भएकोले यसमा सरोकारवाला सबै पक्षहरूको पनि समर्थन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल शिक्षक महासङ्घ २०८१ माघ २० गतेबाट निरन्तर काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छ। आन्दोलनलाई अझ सशक्त बनाउने भन्दै गत चैत २५ बाट आम शैक्षिक हडताल समेत आह्वान भएको छ। यो आह्वान लागु हुनु तथा जिल्लाका शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ जाँदा मङ्गलवारदेखि सुरु भएको नयाँ शैक्षिक सत्र २०८२ को भर्ना अभियान प्रभावित भएको छ। एस.ई.ई. का उत्तर पुस्तिकाहरू जिल्लामा पुगेर परीक्षणको काम सुरु हुने गर्नका लागि तयारी भएको बेलामा शिक्षक आन्दोलन हुँदा परीक्षणमा ढिलाइ हुन थालेको छ।

वैशाख ३, २०८२

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive