बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

अब बजारमा आउँदै छ नयाँ कापी ब्राण्ड ‘देउराली’

बैशाख ३, २०८२

काठमाडौं : नेपाली बजारमा चाँडै नै नयाँ कापी ब्राण्ड ‘देउराली’ उपलब्ध हुने भएको छ।

देउराली कापी उद्योगले नवीन प्रविधि र उच्च गुणस्तरका कापीहरू उत्पादन गरी बजारमा ल्याउने तयारी गरेको हो।कम्पनीका अनुसार देउराली ब्राण्डका कापीहरूमा गुणस्तर र प्रयोगमा सहजता दिने विशेषता समावेश गरिएको छ। विद्यार्थीहरूलाई लक्षित गर्दै A5 आकारमा तयार पारिएको कापीमा पर्याप्त पृष्ठहरू रहेका छन्, जसले लामो समयसम्म लेखन कार्य गर्न सहयोग पुर्याउनेछ। कापीको कभर मजबुत तथा आकर्षक बनाइएको छ भने पछिल्लो पृष्ठमा विद्यार्थीहरूका लागि उपयोगी दशवटा सूत्र समावेश गरिएको छ।

यसले अध्ययनमा थप सहयोग पुर्याउने कम्पनीको दाबी छ। साथै, कापीमा प्रयोग गरिएको कागज उच्च गुणस्तरको भएकोले लेखन गर्दा सन्तोषजनक अनुभव दिलाउने अपेक्षा गरिएको छ।देउराली ब्राण्ड कापी बजारमा उपलब्ध भएलगत्तै यसको माग उच्च हुने अनुमान गरिएको छ।  देउराली ब्राण्डका परिकल्पनाकार माधव मरासिनीले उक्त कापीलाई नेपाली बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्ने लक्ष्य राखेको बताए।

उनका अनुसार प्रचारप्रसार र वितरणका लागि विविध रणनीतिहरू अवलम्बन गरिनेछ।देउराली ब्राण्ड कापी बजारमा आएपछि उपभोक्ताहरूले अझ गुणस्तरयुक्त र उपयोगी कापीको अनुभव लिन सक्ने विश्वास गरिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive