शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026

शिक्षक सङ्गठन पर्वतमा चार मतले गौतम विजयी

जेष्ठ १८, २०८२

पर्वत : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतको अध्यक्षमा सुरेन्द्र शर्मा गौतम विजयी भएका छन्।

शुक्रवारदेखि सुरु भएको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत शनिवार भएको मतदानबाट प्रतिस्पर्धी इन्द्र प्रसाद शर्मालाई चार मतले पछाडि पार्दै शर्मा विजयी भएका हुन्। कुल चार सय एक जना प्रतिनिधिहरूमध्ये तीन सय ३५ जनाले मतदान गरेका थिए। यीमध्ये शर्माको पक्षमा एक सय ५६ मत आएका छन् भने उनका निकटतम प्रतिस्पर्धी शर्माको पक्षमा एक सय ५२ मत आएका छन्। अध्यक्षकै अर्का प्रतिस्पर्धी दीपकराज रेग्मीले २० मत पाएका छन्।

यस्तै उपाध्यक्ष पदमा पनि गौतम प्यानलकै टङ्कलाल भुसाल विजयी बनेका छन्। उनले एक सय पाँच मतको अन्तरमा शर्मा प्यानलका लेखकाजी गुरुङलाई पराजित गरेका हुन्। भुसालको पक्षमा दुई सय १२ मत आउँदा गुरुङको पक्षमा एक सय सात मत आएका छन्। महिला उपाध्यक्षमा पनि गौतम प्यानलबाट गङ्गा कुमारी क्षेत्री ३२ मतान्तरले निर्वाचित भएकी छिन्। क्षेत्रीलाई एक सय ७२ मत आउँदा उनकी प्रतिस्पर्धी गुमा भुवाजीलाई एक सय ४० मत प्राप्त भएका छन्।

सचिवमा भने गौतम प्यानलका बाबुराम उपाध्यायलाई एक सय एक मतले पराजित गर्दै शर्मा प्यानलका देवेन्द्र पौडेल निर्वाचित भएका छन्। पौडेलले दुई सय १० मत पाउँदा उपाध्यायले एक सय नौ मत पाएका छन्। कोषाध्यक्षमा गौतम समूहबाट चन्द्र गिरीले शर्मा समूहका सुरेश पौडेललाई १४ मतले पराजित गरेका छन्। गिरीले एक सय ५५ मत पाउँदा पौडेलले एक सय ४१ मत पाएका छन्। यस्तै महिला सहसचिव हुमा कुमारी शर्मा र महिला सह कोषाध्यक्षमा लक्ष्मी परियार अधिकारी निर्विरोध निर्वाचित भएका छन्।

भौगोलिक क्षेत्रका सदस्यहरू पनि निर्विरोध चयन भएका छन्। उनीहरू रीता गौतम, विजय पौडेल, महेश पौडेल, दुर्गा गिरी, भानुभक्त अधिकारी, अन्जान शर्मा, लेखनाथ अधिकारी, मुकुन्द पराजुली, विश्व प्रसाद पराजुली, सुरेन्द्र भुर्तेल र गङ्गाबहादुर नेपाली रहेका छन्। भूगोल महिला सदस्यमा शारदा शर्मा खुला सदस्यमा राजेन्द्र गौतम, विष्णुप्रसाद रिजाल र डिल कुमारी शर्मा, समावेशीमा अशोक के.सी निर्विरोध निर्वाचित भएका छन्।

केन्द्रीय प्रतिनिधिहरूमा दुर्गा प्रसाद पौडेल, हरिबहादुर लामिछाने, चिरञ्जीवी अधिकारी, नवराज भुसाल विजयी भएका छन् भने हिराकुमारी पौडेल निर्विरोध चयन भएकी छिन्। प्रदेश प्रतिनिधिमा चन्द्र प्रकाश अधिकारी, थम बहादुर नेपाली, विनय शर्मा चापागाईँ, महेन्द्र उपाध्याय र सिता कुमारी शर्मा निर्विरोध भएका छन्।
यो कार्यसमिति आगामी तीन वर्षका लागि निर्वाचित भएका हो।

यसअघि गत वैशाख २७ गतेका लागि अधिवेशनको आयोजना गरिएका थियो। तर नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ पर्वतको भेलामा दुई पक्षबिच झडप भएपछि अधिवेशन स्थगित भएको थियो। सङ्गठनले विशेष कारणवश अधिवेशन स्थगित भएको बताएको भए पनि स्थगित हुनुको कारण झडप नै थियो।
एमालेको पार्टी कार्यालयमा भएको भेलामा युवा सङ्घ पर्वतको अधिवेशन गर्ने की नगर्ने भन्ने विषयमा विवाद भएको थियो। उक्त झडपमा युवा सङ्घका केन्द्रीय सदस्य अर्जुन पौडेल, एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी लगायतका व्यक्तिहरू घाइते भएका थिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive