बुध, माघ २१, २०८२
Wed, February 4, 2026

प्रहरी सहायक निरीक्षक थापालाई पर्वतको ‘महिना उत्कृष्ट प्रहरी’ सम्मान

अशोज ७, २०८२
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले प्रहरी सहायक निरीक्षक बल बहादुर थापालाई भदौ महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गर्दै सम्मान गरेको छ ।
हाल जिल्ला प्रहरी कार्यालय पर्वतको प्रबन्ध शाखामा कार्यरत थापाले सङ्गठनात्मक नीति निर्देशनको पालना गर्दै तोकिएको कार्यक्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले उनलाई यो सम्मान प्रदान गरिएको हो । प्रहरी कार्यालयको विवरणअनुसार उनले विभिन्न सुरक्षा चुनौतीहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्दै शान्ति सुरक्षा कायम राख्न सक्रिय भूमिका खेलेका थिए ।
उनलाई दिइएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमानदारी, बफादारी तथा व्यावसायिक सुझबुझका साथ कर्तव्यनिष्ठ भई त्रुटिरहित ढङ्गबाट कार्य सम्पादन गर्नुका साथै लामो समयदेखि यस कार्यालयमा बेवारिसे अवस्थामा रहेका सवारी साधन तथा जिन्सी सामानहरूको लिलाम बिक्री गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी प्रहरी कार्यतर्फ उत्कृष्ट तवरबाट कार्य सम्पादन गरेकोमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतमा आयोजना भएको एक कार्यक्रममा पर्वतका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टले उत्कृष्ट बनेका थापालाई सम्मान पत्र सहित सम्मान गरेका छन् । सो अवसरमा बोल्दै उनले प्रहरीको कर्म नै नागरिकप्रति जोडिएकाले प्रहरी सधैँ जिम्मेवार हुनुपर्ने बताएका छन् । उनीहरूले पूरा गरेको जिम्मेवारीको आधारमा नै हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गरेर सम्मान गर्ने कार्यले प्रहरी कर्मचारीहरूलाई कामप्रतिको प्रोत्साहन बढाएको पनि डि.एस.पी विष्टको भनाई छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive