बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

जाने होइन त सेनामा भर्ती हुन ? (भर्ती केन्द्रका स्थान सहित)

मंसिर १, २०८२
पर्वत : नेपाली सेनाको पर्वतस्थित नयाँ रणभीम गुल्मले नेपाली सेनाका विभिन्न पदमा खुलेका विज्ञापनहरूमा आवेदन गर्न पर्वतका इच्छुक उम्मेद्वारहरुलाई आह्वान गरेको छ ।
नेपाली सेनाको स्वीकृत दरबन्दीमा रिक्त रहेको सैनिक प्राड, प्राविधिक, हवाई, विविध सेवातर्फका अधिकृत पदहरू र सैन्य तथा विभिन्न ट्रेडका फालोअर्स पदहरूमा प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि गत कात्तिक २८ मा सूचना जारी भएको छ । उक्त पदहरूमा सैनिक भर्ती गर्नका लागि विभिन्न केन्द्रहरूमा भर्ना प्रक्रियाको तयारी भइरहेकोले इच्छुक व्यक्तिहरूलाई आवेदन गर्नका लागि अनुरोध गरेको नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी चिरञ्जीवी सुवेदीले बताए ।
आवेदन दिन योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले दरखास्त दिनको लागि देशभरमा विभिन्न २९ ओटा स्थानहरू तोकिएका छन् ।
पर्वत सहित बागलुङ, म्याग्दी र मुस्ताङका नागरिकहरूले सैन्य पदमा आवेदन गर्नको लागि सबैभन्दा नजिकको केन्द्रका रूपमा नं. २३ बाहिनी अड्डा बागलुङ र पश्चिम पृतना हेडक्वार्टर विजयपुर पोखरा रहेको छ । यस बाहेक बारा, हेटौँडा, धादिङ, चितवन, बुटवल, दाङ, रुकुम पश्चिम, सुर्खेत, नेपालगन्ज, जुम्ला, सुर्खेत, कैलाली लगायतका स्थानमा पनि पायक परेको अवस्थामा आवेदन दिन सकिने छ ।
विभिन्न ट्रेडको फलोअर्स पदका लागि दरखास्त दिनका लागि सङ्खुवासभा, चितवन, बुटवल, मुगु र बझाङमा भर्ती केन्द्र तोकिएको छ । यस्तै प्राड, प्राविधिक, हवाई, विविध सेवातर्फका अधिकृत पदहरूमा आवेदन दिनका लागि भर्ना छनौट निर्देशनालय जङ्गी अड्डा काठमाडौँलाई केन्द्र तोकिएको छ ।
भर्ना छनौट सम्बन्धी सूचना नेपाली सेनाको आधिकारिक पोर्टलमा राखिएकोले थप जानकारी उक्त पोर्टलबाट लिने सकिने समेत गुल्मपति सुवेदीले बताए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive