बिहि, जेष्ठ ७, २०८३
Thu, May 21, 2026

पर्वत महोत्सव : शनिबार श्याम रानाको रेलै सलल, शान्तारानीको ढलेँ ढलेँ

पुस १२, २०८२

पर्वत : कुश्मामा जारी आठौँ पर्वत महोत्सव–२०८२ अन्तर्गत आज पौष १२ गते दर्शकका लागि विशेष सांगीतिक कार्यक्रम प्रस्तुत हुँदैछ ।
आजको मुख्य आकर्षणका रूपमा लोकप्रिय लोकगायक श्याम रानाको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा गायक रानाले चर्चित गीत “रेलै सलल…” लगायतका लोकप्रिय लोकधुनहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । शनिबार नै म त ढलेँ ढलेँ ढलेँ ढलेँ गीतकी गायिका शान्ता रानी परियारले पनि आफ्ना प्रस्तुतीहरु राख्दै छिन् । यही दिनमा गायक प्रकाश पराजुली, राजेन्द्र सापकोटा र सपना गाहा मगरले पनि आफ्ना सांगितिक प्रस्तुतीहरु राख्दै छन् । यसका अतिरिक्त आजको दिनभरि दोहोरी गीत प्रतियोगिता, रत्यौली गीत प्रस्तुति तथा लोक भजन चुड्का प्रतियोगिता समेत सञ्चालन हुनेछन् ।
उद्योग वाणिज्य संघ पर्वतको आयोजनामा भइरहेको महोत्सव कुश्मा बजारस्थित बडागाउँ खेल मैदानमा सञ्चालन भइरहेको छ । स्थानीय कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा दिनहुँ विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत भइरहेका छन् ।
आयोजकका अनुसार महोत्सवले स्थानीय कलाकारलाई मञ्च प्रदान गर्नुका साथै पर्वत जिल्लाको सांस्कृतिक पहिचान उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive