मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

आठौँ पर्वत महोत्सवमा धनबहादुरको संघर्ष र आत्मनिर्भरताको कथा

पुस १६, २०८२
पर्वत : मेला महोत्सवहरू सामाजिक, सांस्कृतिक ,मनोरञ्जनात्मक सोचका साथै आर्थिक क्रियकलापहरुलाई चलायमान बनाउने उद्देश्यले आयोजना गरिएका हुन्छन् । हाल पर्वत उद्योग वाणिज्य सघ पर्वतको स्वर्ण जयन्ती वर्ष २०८२ को अवसरमा पर्वत जिल्लाको सदरमुकाम कुश्मा मा  शान्ति र सद्भावका लागि आयोजित  आठौँ पर्वत महोत्सव  पौष ९ देखि १९ सम्म सञ्चालनमा छ,  “समृद्ध पर्वत हाम्रो चाहना” भन्ने मूल नाराका साथ गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा आठौँ पर्वत महोत्सव–२०८२ मा स्थानीय लघु घरेलु उत्पादन र पर्यटन प्रवर्द्धनका लागि प्रचार प्रसारको महत्त्वपूर्ण माध्यम महोत्सव बनेको छ ।
शान्ति र सद्भावका लागि आयोजना गरिएको यस महोत्सव स्थलमा विभिन्न फरक फरक दृश्यहरू देखिन्छन् , विभिन्न सेवाको विक्री वितरणका लागि फरक फरक व्यापारी तथा उद्यमीहरूको स्टल तथा खुल्ला व्यापार केन्द्र राखिएको छ , जस मध्ये एउटा सानो आकारको खुद्रा फलफूल पसलमा एक जना अपाङ्गता भएका व्यक्ति “मेरामा समान किन्नुहोस् भनी आग्रह गरेको पाइन्छ” , सामान्य प्रकारको सानो ठेलामा करिब ८–१० हजारको लगानीमा सुन्तला, केरा र बदामको पोकाहरू सजाएर राखेको देख्न सकिन्छ त्यस ठेलालाई महोत्सव आयोजक संस्था पर्वत उद्योग वाणिज्य सङ्घले कार्यक्रम सञ्चालन हुने मञ्चको अग्रभागमा राख्ने जोहो मिलाएको रहेछ , विपन्नता र शारीरिक अपाङ्गता भएका उनी पर्वतको कुश्मामा करिब १० वर्ष देखि यस्तै पेशा गर्दै आइ रहेका म्याग्दी जिल्ला दोवा का ४० वर्षीय पुरुष धन बहादुर बि.क. हुन । परिवारमा आमा गुमाएका बि.क. भने कुश्मामा एक्लै बस्ने गर्दछन् , घरमा भाइ र बुहारी तथा उनीहरूका दुई छोराहरू छन् ,उनी धनबहादुर भने भाइको छोराको शिक्षाका लागि आफूले प्रबन्ध मिलाउने भन्दछन् , आफूमा अपाङ्गता भए पनि उनको यो साहस र क्रियाशीलताले सबैको मन छुने उनलाई जान्नेहरू बताउँछन् । 
अपाङ्गता भएर पनि केही गर्नुपर्छ भन्ने सोच राखी आफू वैशाखी तथा लौरोको सहारामा हिँडडुल गर्ने बि.क. प्राय बजारको मध्ये भागमा आफ्नो ठेला लिई व्यापार गर्दै हिँडेको देखिने गर्दथ्यो ,  उनीमा अपाङ्गता भए पनि कसैका प्रति निर्भर नभई आफै केही गर्नु पर्छ भन्ने सोचबाट अगाडी बढी रहेका छन् । मानिसमा केही गर्नेका लागि अपाङ्गता गर्ने नसक्ने भन्ने कुरामा उनी विश्वास पनि राख्दैनन् , सामान्य जीवन यापनका लागि आफूले गरेको यो मेहनत तथा परिश्रमले आफ्नो दैनिकी चलिरहेको बताउँछन् र भन्छन् “कुनै रोग नलागोस् ”  ।
यस महोत्सवमा कुनै पनि शुल्क नलिईकन धन बहादुर बि.क.लाई व्यापारको लागि स्थान उपलब्ध गराउन पाएकोमा हामी खुसी छौ हाम्रो चाहना जो कोही व्यापारी  तथा  उद्यमीले यस महोत्सवमा आएर अवसर लिनुहोस् भन्ने नै हो , हाम्रो साझा उद्देश्य भनेको नै सबै प्रकारका व्यापार तथा उद्यमहरूको प्रर्बद्धनका साथै संरक्षण गर्नु नै हो भन्नु हुन्छ आठौँ पर्वत महोत्सवका मूल समितिका अध्यक्ष ठाकुर बि. पौडेल साथै अध्यक्ष थप्नुहुन्छ  धन बहादुर एउटा उदाहरणीय पात्र हो जो आफूमा एक प्रकारको अपाङ्गता भएर पनि सबैको लागि उहाँले केही गर्न सकिन्छ भन्ने भावना पैदा गराउनु भएको छ।
 सुरु दिन देखि नै व्यापार गर्दै आएका धन बहादुर ले भने व्यापारका वृद्धि हुँदै गएको छ बताउनुहुन्छ साथै यो मेलामा आफू लाई व्यापारका लागि ठेला राख्न प्रबन्ध मिलाउने आयोजक प्रति धन्यवाद दिन चाहन्छु , मेरो ठेलामा आइ सबै दाजुभाइ दिदी बैनीहरूले आफूलाई आवश्यक पर्ने फलफूल खरिद गरी सहयोग गरी दिनु हुन आग्रह पनि गर्नु हुन्छ ।
यस महोत्सवमा पर्वत उद्योग वाणिज्य सङ्घले आफ्नो सामाजिक दायित्व तथा व्यापारीको हितको पक्षमा सबै व्यापार गर्न चाहने मानिसका लागि खुल्ला अवसर प्रदान गरेको छ जसले गर्दा सबै तह र वर्गका व्यापारका लागि यो असल अभ्यास पनि हो ।
यज्ञ प्रसाद शर्मा, कुश्मा
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive