मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

आठौँ पर्वत महोत्सव : चिसो मौसममा चिया, शक्ति आर्जनका लागि जुस

पुस १८, २०८२

पर्वत : चिसो मौसम जाडो दिनहरू चलिरहेका छन् । तर मानिसहरू उत्साह र गाजरका साथ रमाइलो गर्न, दिनभरको थकान मेटाउन महोत्सवमा सहभागी हुने क्रम थपिँदै गएको छ ।
जाडो हुने खुल्ला चौरमा केही दिनदेखि रमाइलो मेला स्थल बनेको छ । जहाँ हजारौँको सङ्ख्यामा मानिसहरूको भिड देख्न सकिन्छ । विभिन्न प्रकारका व्यापारी स्टलहरू पनि छन् । जहाँ होटेल, रेस्टुरेन्ट, जुस पसल, चिया पसल, कपडाका पसल, खाने बस्तुहरूका पसल, विभिन्न उद्यमीहरूका पसल, भाडा बर्तनका पसल, रमाइलो मेला, बाल उद्यान आदी लगायत छन् ।
शान्ति र सद्भावका लागि स्वर्ण जयन्ती वर्ष २०८२ को अवसरमा पर्वत उद्योग वाणिज्य सङ्घद्वारा आयोजित आठौँ पर्वत महोत्सव पौष ९ देखि १९ गतेसम्म सञ्चालनमा छ । “समृद्ध पर्वत हाम्रो चाहना” भन्ने मूल नाराका साथ गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा आठौँ पर्वत महोत्सव–२०८२ कुश्मा नगरपालिका – ५ स्थित बडागाउ चौरमा सञ्चलनमा रहेको छ ।
महोत्सव स्थलको होटेल रेस्टुरेन्टतर्फको पहिलो स्टलमा भने एउटा चिया पसल र जुस पसलसँगै रहेका छन् जुन चिया पसलमा माटोको भाँडोमा चिया पकाउने र माटोको कपमा नै चिया दिने गरिन्छ । यो मड्का चियालाई चिया चौतारी कुश्माले महोत्सव स्थलमा व्यवस्थापन गरेको हो । लामो समय विद्यार्थी राजनीतिसँगै विभिन्न सङ्घ संस्थाको नेतृत्वमा रहेर काम गरिसक्नुभएका सामाजिक व्यक्तित्व मोहन आचार्यले सञ्चालनमा ल्याएको चिया चौतारीमा चिया पिउनेहरूको भिड छ ।


चियाका पारखीहरूका लागि फरक स्वादमा चिया उपलब्ध गराउने चिया चौतारीमा दैनिक सयौँ जनाको भिड लाग्ने गरेको छ । व्यवसायी आचार्यका अनुसार आफ्नो फरक प्रकारको मात्र चियाको स्टलबाट पनि फरक स्वादमा चिया उपलब्ध गराउन सके चिया पारखीहरूको मन जित्न सकिन्छ । आगामी दिनमा चिया चौतारीको व्यावसायिक प्रचार प्रचारको माध्यम बन्न महोत्सव राम्रो गन्त्ब्य बन्ने देखिन्छ । चिया प्रायः मानिसले स्वाद लिन मात्र नभई, चियाको बहानामा विभिन्न विषय उपर छलफल गर्ने र एक्कै ठाउँमा चियाको बहानामा मानिस जुटाउने माध्यम पनि हो ।
पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं मूल आयोजक समितिका अध्यक्ष ठाकुर बि. पौडेलका अनुसार यस महोत्सवमा राखिएका हरेक स्टलहरूमा राम्रो व्यापार भएको छ । सबै व्यवसायीहरूमा उत्साह भरिएको छ । महासचिव खड्ग प्रसाद खनालले दैनिक रूपमा मानिसहरू महोत्सवमा आउने दरमा वृद्धि हुँदै गएका कारण पनि सबै व्यापारी उत्साहित बनेको बताए ।


विशेषतः स्टल नं १, जहाँ तातो तातो चिया र विभिन्न फलफूलको जुस एकै ठाउँबाट विक्री गरिएको छ । सो स्टलका अर्का व्यवसायी शिव दाइको खाजा घरका सञ्चालक शिव शर्माका अनुसार यो मौसममा पनि विभिन्न प्रकारका फलफूल स्याउ, अनार, मेवा, उखु आदीको जुस खाने मानिस आइरहेका छन् । आफूले स्थानीय कृषकबाट उत्पादित फलफूललाई प्राथमिकतामा राखेर व्यापार गरेको उनको भनाई छ ।
पर्वत उद्योग वाणिज्य सङ्घले स्थानीय स्तरका लघु उद्यमी र स्थानीय व्यवसायीलाई प्राथमिकतामा राखेर महोत्सव स्थलमा स्टलहरूको व्यवस्थापन गरेको छ । स्थानीय उत्पादन र व्यवसायीको हितको पक्षमा विगतदेखि कार्य गर्दै आएको महोत्सवका आर्थिक संयोजक एवं वरिष्ठ उपाध्यक्ष कमल बहादुर जि.सी.ले बताए ।
व्यवसायी मोहन आचार्यले यस्ता प्रकृतिका महोत्सवहरूमा प्रमुख त स्थानीय बजार र स्थानीय व्यवसायको प्रवद्र्धन आवश्यक रहेको बताए । स्थानीय स्तरमा उत्पादन हुने हरेक बस्तुको बजारीकरण आवश्यक रहेको भन्दै उनले सबै उद्यमी तथा व्यवसायीहरूमा उत्साहका साथ व्यवसाय गर्नै जोस र जाँगर आउने बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive