मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

अमृत जोशीको सम्झनामा विद्यार्थीलाई न्यानो पोशाक

पुस २३, २०८२

पर्वत : पर्वतका एक धरोहरुका रुपमा स्थापित समाजसेवी स्वर्गीय अमृतप्रसाद जोशीको स्मृतिमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

उहाँको स्मृतिमा स्थापना भएको अमृत जोशी स्मृती प्रतिस्ठानलेले स्वर्गीय जोशीको १९ औं स्मृती दिवसको अवसरमा जलजला गाउँपालिका–२ मल्लाजमा रहेको समाजकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाइ न्यानो कपडा बितरण गरेको हो । आधारभूत तह अन्तर्गत कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेका करिब ४५ जना विद्यार्थीहरुलाई कपडा सहित जुत्ता, झोला लगायतका सामग्रीहरु वितरण गरिएको हो । सोही कार्यक्रमको अवसरमा समाजमा बिभिन्न तरिकाले योगदान गरेका व्यक्तिहरुलाई सम्मान पनि गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रतिष्ठानका संरक्षक एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले हरेक व्यक्तिमा सकारात्मक सोचको विकास हुनुपर्ने बताउनुभएको छ ।

आफूभित्र भएका नकारात्मक सोचहरु हटाउँदै जाने हो भने समाजमा भाइचारा कायम हुने उहाँको भनाई छ । म मात्रै राम्रो, मेरो पार्टी मात्रै ठिक, म मात्रै नेता हो भन्ने सोच पालेर दोष अरुलाई मात्रै दिने हो भने समाजको दिशा यकिन गर्न नसकिने उहाँको भनाई छ । आजभोलि हरेक व्यक्तिमा नकारात्मक सोचको विकास हुँदै गएको भन्दै उहाँले कसैको सकारात्मक प्रगतिमा पनि भ्रष्टाचारकै नजरले हेर्ने गरिएको नेता जोशीले बताउनुभयो । आजका युवाहरुले पनि यही सिकिरहेको भन्दै उहाँले अहिलेका बालबालिकाहरुमा पनि त्यो खालको सोच विकास हुन लागिरहेको भन्दै खतरा औँल्याउनुभयो । देशका नवयुवाहरु बाहिरीने क्रम चलिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले जति विद्यार्थीहरु विद्यालयमा अध्ययनरत छन उनीहरुलाई संस्कार सिकाउनुपर्ने उल्लेख गर्नुभयो । पर्वतको विकासको बारेमा बोल्दै नेता जोशीले बर्षौ पहिले खुट्टाले हिँडेर पुगेका गाउँहरुमा अहिले सहजै सवारी सञ्चालन हुन नै विकासको उदाहरण भएको बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधिहरुले विकास गरिरहेको भए पनि त्यसलाई जनतासँग जोड्न नसक्दा नागरिकले अझै पनि विकास नभएको भनेर सामाजिक सञ्जालहरुमा बिरोध गरिरहेको उहाँको भनाई छ ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डा. चुडामणि शर्मा, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य लगायतले बोल्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सहसचिव आशिष जोशीले गर्नुभएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive