मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026

नाथमका विद्यार्थी निरज ढकाल र केशु शेर्पा ‘खगेन्द्र राज पाण्डे स्मृति यात्रा तथा पर्यटन पुरस्कार’बाट सम्मानित

पुस २३, २०८२

काठमाडौं : नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM) अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रमका दुई उत्कृष्ट विद्यार्थी सम्मानित भएका छन्। मास्टर अफ हस्पिटालिटी म्यानेजमेन्ट (MHM) कार्यक्रम, ११औँ सत्रका टपर निरज ढकाल र ब्याचलर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (BTTM) कार्यक्रम, १७औँ सत्रकी टपर केशु शेर्पा लाई ‘खगेन्द्र राज पाण्डे स्मृति यात्रा तथा पर्यटन पुरस्कार’ प्रदान गरिएको हो। उक्त सम्मान नेपाल पर्यटन तथा ट्राभल एजेन्ट्स संघ (NATTA) को ५८औँ वार्षिक साधारण सभा (AGM) को अवसरमा प्रदान गरिएको हो।

ढकालले ३.८५ CGPA सहित MHM कार्यक्रममा तथा शेर्पाले ३.९० CGPA सहित BTTM कार्यक्रममा सर्वोच्च स्थान हासिल गर्दै उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गरेका थिए। उनीहरूको उत्कृष्ट प्रदर्शनको कदरस्वरूप दुवैलाई प्रमाणपत्र तथा जनही नगद रु. ५०,०००/- प्रदान गरिएको हो। सम्मान समारोह पर्यटन तथा यात्रा व्यवसायसँग सम्बन्धित विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

यस अवसरमा नाथमका प्रिन्सिपल अजयकुमार ढकालले पुरस्कृत विद्यार्थीहरूको उपलब्धिलाई संस्थाको शैक्षिक गुणस्तर, अनुशासन तथा उद्योगमुखी शिक्षाको प्रतिफलका रूपमा व्याख्या गर्दै गर्व व्यक्त गरे। यस्तै, नाथमका प्रमुख प्रशिक्षक तथा MHM कोअर्डिनेटर अजयराज बखतीले यस्ता उपलब्धिहरूले नाथमको शैक्षिक परम्परा र संस्थागत प्रतिष्ठालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

NATTA ले पछिल्ला दुई वर्षदेखि MHM तथा BTTM कार्यक्रमका टपर विद्यार्थीहरूलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ। यस पहलले पर्यटन तथा आतिथ्य व्यवस्थापन शिक्षामा शैक्षिक उत्कृष्टता प्रवर्द्धन गर्नुका साथै शैक्षिक संस्था र उद्योगबीचको सहकार्यलाई मजबुत बनाउने उद्देश्य राखेको NATTA ले जनाएको छ।

यसैगरी, नाथमका प्रमुख प्रशिक्षक तथा BTTM कोअर्डिनेटर शुभम् पौडेलले यस्तो सम्मानमार्फत विद्यार्थीहरूलाई शैक्षिक रूपमा उत्कृष्ट बन्न प्रेरित गर्ने कार्यका लागि NATTA प्रति कृतज्ञता व्यक्त गरे। यस्ता सम्मानहरूले भावी पर्यटन तथा आतिथ्य व्यवस्थापनका जनशक्तिलाई राष्ट्रिय पर्यटन विकासमा थप सक्रिय योगदान पुर्‍याउन उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive