बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

क्षत्री समाज नेपाल गण्डकी प्रदेश कार्य समितिको त्रैमासिक बैठक सम्पन्न

पुस २१, २०८२

पर्वत : गण्डकी प्रदेशको क्षत्री समाज नेपालले त्रैमासिक पूर्ण तथा घुम्ती बैठक म्याग्दी जिल्लामा आयोजना भई सम्पन्न भएको छ। गत शनिबार भएको बैठकको अध्यक्षता गण्डकी प्रदेश समिति अध्यक्ष इन्द्रमान खत्रीले गरे भने प्रमुख अतिथिका रूपमा केन्द्रीय उपाध्यक्ष अमृतदेवी बानियाँ उपस्थित थिइन्। बैठक म्याग्दी जिल्लाको बेनीबजार स्थित समाजको बहुद्देश्यीय भवनमा सम्पन्न भएको थियो।

गण्डकी प्रदेशका ९ जिल्लामध्ये ७ जिल्लाका पदाधिकारी, सदस्य र प्रतिनिधिहरूको उपस्थिति रहेको सो बैठकमा समाजको विकास र भविष्यका गतिविधिहरूका बारेमा विभिन्न ८ बुँदे प्रस्तावमा निर्णय गरियो। बैठकले गण्डकी प्रदेशको क्षत्री समाजको आगामी कार्य योजनामा समेत महत्वपूर्ण छलफल गरि टुंगो लगाएको छ।

यस अवसरमा, म्याग्दी जिल्लाकी निवर्तमान अध्यक्ष लक्ष्मी के सी कार्कीलाई दोसल्ला सहित प्रशंसापत्रले सम्मान गरिएको थियो। समाजका विभिन्न सदस्य र नेता कार्यमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्ने परम्परा अनुसार सो सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष लक्ष्मी के सी र पूर्व केन्द्रीय उपाध्यक्ष नरबहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। जिल्ला अध्यक्ष कृष्णबहादुर बानियाँले स्वागत मन्तव्य प्रस्तुत गर्दै बैठकको महत्त्वबारे चर्चा गरे। सो कार्यक्रमको सञ्चालन जिल्ला सचिव यामबहादुर बानियाँ र बैठक सञ्चालन प्रदेश सचिव कृष्णबहादुर घिमिरेले गरेका थिए।

यस बैठकले गण्डकी प्रदेशका क्षत्री समाजका सदस्यहरूको आपसी सहकार्य र समन्वयलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive