बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

अनेरास्ववियु पर्वतको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माघ १२, २०८२
पर्वत : नेकपा एमाले निकटको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पर्वतको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
कुश्माको शिवालय माध्यमिक विद्यालयमा आयोजना भएको प्रतियोगितामा कुश्माको नमुना आवासीय माध्यमिक विद्यालय प्रथम, पातिचौरको सरस्वती माध्यमिक विद्यालय द्वितीय र कुश्माको शिवालय माध्यमिक विद्यालय तृतीय भएका छन् । उनीहरूले पुरस्कार स्वरूप क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ सहित प्रमाणपत्र दिइएको छ । अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष विकास श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रम अनेरास्ववियुका जिल्ला संयोजक सुजन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सह–संयोजक अनमोल शर्माले गरेका थिए । यस्तै अनेरास्ववियु सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किशोर सुवेदी, केन्द्रीय सदस्य तथा पर्वत इन्चार्ज मोहन विक्रम पौडेल, केन्द्रीय अनुशासन आयोग सदस्य आशिष सापकोटा, नेशनल भोलेन्टियर फोर्सका केन्द्रीय सदस्य अनुप लामिछानेको पनि सहभागिता रहेको थियो ।
यस्तै युवा सङ्घका केन्द्रीय सदस्य तथा पर्वत इन्चार्ज विक्रम श्रेष्ठ, शिक्षक सङ्गठनका गण्डकी प्रदेश सदस्य इन्द्र प्रसाद पौडेल, शिक्षक सङ्गठन पर्वतका जिल्ला उपाध्यक्ष टङ्कलाल भुसाल, नेकपा (एमाले) पर्वत जिल्ला अध्यक्ष गोविन्द पहाडी, जिल्ला सचिव सुवासचन्द्र पौडेल, गण्डकी प्रदेश सदस्य खुमप्रसाद सुवेदी, कुश्मा नगरपालिका–५ का वडा सदस्य शिव गिरी, प्याब्सन पर्वतका सचिव भोलानाथ शर्मा तथा शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द पोखरेललगायतको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले अनेरास्ववियुले सधैँ विद्यार्थीका हक–हित र अधिकारको पक्षमा काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तर रूपमा अघि बढ्ने बताए । कार्यक्रममा पार्टी सचिव सुवास चन्द पौडेल, शिक्षक इन्द्र प्रसाद पौडेल, मोहन विक्रम पौडेल तथा गोविन्द पोखरेलले आ–आफ्नो मन्तव्य राखे । प्रतियोगितामा कुल १६ वटा विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अनेरास्ववियुका सह–संयोजक मनोज पुरीले गरेका थिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive