मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

माछा मार्ने जालमा राइफल र गोली परेपछि . . .

फाल्गुन १, २०८२

कास्की : पोखरास्थित फेवातालमा एक थान एल.एल.आर हतियार र त्यसमा लाग्ने १८ राउन्ड गोली फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार गत माघ २९ गते साँझ ५ बजेको समयमा उक्त हतियार फेला परेको हो। पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा सोही ठाउँका ४२ वर्षीय कुमार जलारीले हतियार र गोली फेला पारेका हुन्।
तालमा जाल हानेर माछा मार्ने क्रममा जालमा एस.एल.आर राइफल फसेको थियो । हतियार फेला पारेको सूचनापछि नेपाल प्रहरीको प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट पुगेको टोलीले हतियारको अनुसन्धान थालेको थियो ।
उक्त हतियार मु वा १११ (बट) नम्बर बडी नं.१३८१० लेखिएको पाइएको हो । यसबारेमा प्रारम्भिक अनुसन्धान पश्चात् थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले बताएको छ ।

प्रकाशन मिति : फागुन १, २०८२

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive