शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पौडी खेल्दा फेवातालमा डुबेर बालकको मृत्यु

बैशाख १८, २०८३

पर्वत : कास्कीको पोखरा महानगरपालिकामा रहेको फेवातालमा डुबेर १० वर्षिय बालकको मृत्यु भएको छ।
उनको उद्धारका लागि खटिएको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका गण पोखराका सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माका अनुसार पौडी खेल्ने क्रममा डुबेर पोखरा महानगरपालिका–१८ खपौदीमा बस्दै आएका १० वर्षिय आरेस लामाको मृत्यु भएको हो।
घटना लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उद्धारका लागि खटिएको थियो। सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले करिब १८ फिट गहिराइबाट लामालाई अचेत अवस्थामा उद्धार गरेको थियो। उद्धारपछि उनलाई उपचारका लागि तत्काल नै पश्चिम क्षेत्रीय गण्डकी अस्पताल, पोखरा–१० रामघाट पठाइएकोमा उपचारको क्रममा दिउँसो चिकित्सकले मृत घोषणा गरेका हुन्।

वैशाख १८, २०८३

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive