पर्वत : पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा तेस्रो तीज मेला आयोजना हुने भएको छ ।
कुश्मा नगरपालिका–१० पिपलटारीस्थित पूर्णेश्वर माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूको समाजले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि विविध कार्यक्रमसहित तीज मेला आयोजना गर्न लागेको हो । मेलामा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने समाजले बताएको छ ।
कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा सम्पूर्ण व्यक्तित्वहरूलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ । तीजको मौलिकता र सांस्कृतिक पक्षलाई संरक्षण गर्दै मेलाको आयोजना गर्न लागिएको समाजका सचिव दामोदर पौडेलले जानकारी दिए ।
मेलालाई सफल बनाउन पूर्णेश्वर माध्यमिक विद्यालयका स्वदेश तथा विदेशमा रहेका पूर्वविद्यार्थी, शिक्षक, शिक्षाप्रेमी, राजनीतिक व्यक्तित्व, समाजसेवी, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा शुभेच्छुकहरूबाट आर्थिक तथा भौतिक सहयोगका साथै आवश्यक सुझावको अपेक्षा गरिएको पौडेलले बताए ।
समाजले तीज मेलालाई आपसी भेटघाट, सद्भाव र सांस्कृतिक आदानप्रदानको अवसरका रूपमा समेत विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।
पूर्णेश्वरमा तेस्रो तीज मेला आयोजना हुँदै
भदौ ३, २०८३




