आइत, कार्तिक १६, २०८३
Sun, November 1, 2026

स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै बिहादी

कार्तिक १६, २०८३

पर्वत : पर्वतको विहादी गाउँपालिकाले स्थानीय नागरिकलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले चप्पल बनाउने तालिम सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को उद्यम विकास शाखाको वार्षिक बजेट तथा शर्तसहित स्वीकृत कार्यक्रमअनुसार तालिम सञ्चालन गर्न लागेको हो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालन हुने तालिममा स्थानीय स्तरमा लघु उद्यम स्थापना तथा सञ्चालन गरी आर्थिक उत्पादन र आयआर्जन गर्न इच्छुक युवा, युवती तथा महिलालाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै विहादी गाउँपालिकाका स्थायी बासिन्दालाई तालिममा सहभागी हुन आह्वान गरेको छ ।
इच्छुक व्यक्तिहरूले आवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । तालिममा सहभागी हुन चाहनेले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, हालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो र तोकिएको ढाँचाको निवेदन पेस गर्नुपर्नेछ । आवेदन गाउँपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा बुझाउन सकिने व्यवस्था गरिएको छ । गाउँपालिकाले स्थानीय नागरिकलाई सीप सिकाएर स्वरोजगार तथा उद्यमशीलतातर्फ आकर्षित गर्ने र आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाएको हो ।
चप्पल बनाउने सीप सिकेपछि सहभागीहरूले आफ्नै गाउँठाउँमा सानो व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न सक्ने अपेक्षा गाउँपालिकाले गरेको छ । यस्ता सीपमूलक कार्यक्रमले स्थानीय उत्पादन प्रवद्र्धन गर्नुका साथै रोजगारीका लागि बाहिरिनुपर्ने बाध्यता कम गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले विहादी गाउँपालिकाको कार्यालय तथा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive