मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

मनसुनी वायुको प्रभाव‚ तीन प्रदेशमा भीषण वर्षाको सम्भावना

साउन २५, २०७८

काठमाडौं : मनसुनी वायुको प्रभावका कारण आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

सोमबार बिहान देशका अधिकांश भूभागमा मौसम बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेश को एक वा दुई स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै‚ राति पनि देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश १ को एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive