बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025

तनहुँमा बाढी-पहिरो, दुई जना बेपत्ता, पुल बगायो

असार १७, २०७८

तनहुँ : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बन्दीपुर गाउँपालिकाको विभिन्न स्थानमा बाढी पहिरोबाट क्षति पुगेको छ। बन्दीपुर गाउँपालिका–१, २ र ३ नम्बर वडाका साना खोलानालामा बाढी र पहिरो गएको छ। 

अन्य धेरै ठाउँमा पनि पहिरो खसेको र केही ठाउँमा मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए। ‘धेरै ठाउँमा पहिरो खसेका विवरण आएका छन्, बन्दीपुरमा पहिरोमा पुरिएको एक जनाको उद्दार गरिएको छ भने एक जना बेपत्ता रहेको र घाइतेलाई अस्पताल लगिएको छ,’ उनले भने। 

हालसम्म बन्दीपुरका १४ घरमा क्षति पुगेको छ भने पहिरोले पुरिँदा दुई जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार बन्दीपुर–१ गुर्दुमका दुई घरपरिवारको उद्दार भइरहेको छ।

त्यस्तै बन्दीपुर–२ स्थित खहरे खोलाको बाढीले बिपिन शाही, नारद मगर, राजु विक, काजी रोका, दल बहादुर नेपाली, विक्रम विक र विश्व कुँवरको घर गोठ बगाएको वडा सदस्य रत्न कार्कीले जानकारी दिए। बन्दीपुर ३ तामुङमा दुई घर पुरिएका छन्। 

छाब्दी खोलाको पुल बगायो 

रातभर परेको अविरल वर्षाका कारण व्यास १ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको छ। पुल बगेपछि बिहानैदेखि दुई वडाको सम्पर्क विच्छेद भएको छ। 
छाब्दी खोलामा ठूलो बाढी आएपछि पुल भत्किएको भादगाउँका स्थानीय एवं कांग्रेस सचिव विश्व बाँस्तोलाले जानकारी दिए।

उनले स्थानीय केही घर जोखिममा परेको समेत बताए। पानीको बहाव अझ नघटेमा थप क्षति हुने सम्भावना देखिएको उनले बताए।

पृथ्वी राजमार्गका धेरै ठाउँमा पहिरो

पृथ्वी राजमार्ग अन्र्तगत व्यास नगरपालिका–१२ छिर्कनेमा पाँच ठाउँमा खसेको छ। राजमार्गमा खसेको पहिरोमध्ये केही हटे पनि केही ठाउँमा अझै हटाउने काम जारी रहेको छ।

प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार पहिरो हटाउने प्रयत्न भइरहेको छ। पहिरोले गर्दा बिहान साढे तीन बजेदेखि नै राजमार्ग अवरुद्ध छ 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive