पर्वत : ३२ श्रावण २०७८,
मिति २०७८।०४।३१ गते दिउसो जिल्ला प्रहरी कार्यालय पर्वतबाट बिशेष सुचनाका आधारमा प्रहरी नायव निरीक्षक मोहन कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले ऐ. अन्दाजी १३:०० बजेको समयमा जिल्ला पर्वत कुश्मा न.पा. वडा नं. ६ शिवालयचोक स्थित जिल्ला पर्वत कुश्मा न.पा. वडा नं. ४ पुरानोचौकी बस्ने बर्ष अन्दाजी २१ को नेष्टी श्रेष्ठको साथबाट गाँजा जस्तो देखिने पदार्थ १० ग्राम, अंगेजीमा Tramadol Hydrochloride Capsules I.P. 50 MG TRAMA लेखेको २५ पत्ता ( २५० क्याप्सुल ) र ऐ.ऐ. वडा नं. ८ चुवा बस्ने बर्ष अन्दाजी २० को एजन नेपालीको साथबाट गाँजा जस्तो देखिने हरियो पदार्थ १० ग्राम, Tramadol Hydrochloride Capsules I.P. 50 MG TRAMA लेखेको २९ पत्ता ( २९० क्याप्सुल ) बरामद गरी दुवै जनालाई पक्राउ गरी आज मिति २०७८।०४।३२ गते सम्मानित पर्वत जिल्ला अदालतबाट दिन ५ (पाँच ) को म्याद थप प्रदान भई थप अनुसन्धान भइरहेको जानकारी गाउँदछौ ।