भदौ ३, २०७८
पर्वत : बिहीबार साँझ पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा खसेको सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भएका अन्दाजी ३५ वर्षिय टेकमान गर्वुजा रहेका छन् । घाइते हुनेहरूमा ननकी खान र राजु ठाकुर रहेका छन् ।
घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार साँझ करिब पाँच बजे खसेको उक्त पहिरो जिप मर्मत गर्ने ग्यारेजमा खसेको हो । ग्यारेजमा सवारी मर्मत भइरहेको बेलामा पहिरो खस्दा गाडी बनाउनको लागि आएका पुनको मृत्यु भएको हो भने मर्मतको काम गरिरहेका दुई जना मिस्त्री घाइते भएका हुन् ।
उनीहरुको म्याग्दी सदरमुकाम बेनीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको पर्वत प्रहरीले बताएको छ ।
सुख्खा पहिरो खस्दा जलजलामा एक जनाको मृत्यू, दुई जना घाइते
