मङ्लबार, माघ २२, २०८१
Tuesday, February 4, 2025

पाङ र खुर्कोटका कृषक भैँसी पकेट जोनबाट आत्मनिर्भर बन्दै

भदौ ६, २०७८
पर्वत : कुश्मा नगरपालिका–१ पाङका यज्ञप्रसाद कँडेल भैंसी खरिदका लागि पोखरा जाने तयारीमा छन्। घरमा रहेका दुई भैंसीले मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको भैंसीको व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट)मा नपर्ने भएपछि उनले भैंसी थप गर्न लागेका हुन्।
कँडेल जस्तै पाङ र वडा नम्बर २ खुर्कोटका ५० जना किसान नयाँ भैंसी खरिदका लागि तयारीमा छन्। वडा नम्बर १ का अध्यक्ष देवेन्द्र सुवेदीका अनुसार परियोजनाअन्तर्गत संघीय सरकारको २५ लाख, कुश्मा नगरपालिकाको पाँच लाख र किसानको पाँच लाख गरी कुल ३५ लाख रुपैयाँ लगानीमा कम्तीमा पनि १५० वटा भैंसी पाल्ने तयारी गरिएको छ।
कृषि उत्पादनका लागि उर्वर मानिने पाङ र खुर्कोटमा अहिले पनि धेरै किसानहरूले दुध उत्पादन गर्ने गरेको भए पनि त्यसलाई व्यावसायिक बनाउन नसक्दा मोहीको रूपमा दुध फालिने गरेको थियो। तर‚ मोही बनाएर फाल्ने दुधलाई व्यावसायिक रूपमा बजारमा पठाउनका लागि थप भैंसीसहित परियोजना लागु भएको हो।


पार्वती गुफा भैंसी पालन पकेट समिति मार्फत दुग्ध संकलन केन्द्र समेत निर्माण गरेर दुधलाई पर्वत सदरमुकाम कुश्मा, बाग्लुङ सदरमुकाममा बाग्लुङ र खपत हुन नसकेमा पोखरासम्म पु¥याउने गरी तयारी भइरहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी बताउँछन्। पाङ दूध उत्पादनको लागि राम्रो सम्भावना भएको ठाउँ भए पनि उद्योग स्थापना गरी व्यवसायिक रुपमा काम नगर्दा मिहिनेतले अर्थ नपाएको उनको भनाई छ। भैँसी पकेट जोनबाट धेरै परिणाममा दूध उत्पादन गर्न सके आसपासका अन्य ठाउँलाई समेत जोडेर सुपर जोनको मोडलमा जानका लागि आफूले प्रयास गर्ने प्रतिबद्धता पनि नगर प्राुमख जोशीले गरेका छन्।


‘पाङमा जे रोप्यो त्यो फल्छ, जे ग¥यो त्यो हुन्छ। यहाँ उत्पादन भइरहेको दूध खेर गइरहेको छ, यसलाई व्यावसायिक बनाएर स्थानीय नागरिकको जीवनस्तर उकास्न यो भैंसी पकेट जोन महत्त्वपूर्ण छ‚’ उनले भने, ‘अबको जमानामा पनि ठेकीमा पाँच लिटर दूध बोकेर सदरमुकाम गएर बेचेर हुन्छ? सबैको घरमा भएको एकै ठाउँमा जम्मा पारेर दर कायम गरेर गरेपछि सबैले रोजगारी पाउँछन्, दूधले मूल्य पाउँछ।’ दूध मात्रै बेच्नु भन्दा दूधका फरक फरक परिकार बनाएर बिक्री गर्ने हो भने त्यसबाट झनै धेरै मुनाफा लिन सकिने नगर प्रमुख जोशीको भनाई छ।
यस्तै कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछानेले अहिले पाङ र खुर्कोट मात्र पकेटमा समावेश भएको भए पनि विस्तारै छिमेकी स्थानीय तहका वडालाई समेत समावेश गरी पकेटबाट स्तरोन्नती गर्दै ब्लकबाट जोनमा पुग्नुपर्ने बताईन्। दूग्ध संकलन केन्द्रलाई दिगो रुपमा सञ्चालन गर्नको लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने बताउँदै उनले समृद्ध बन्नका लागि जाँगर चलाउनुको विकल्प नरहेको उल्लेख गरिन्।
‘हामीले समृद्धिको कुरा गरिरहेका छौँ, केही नगरी अरुले गरिदेला भनेर बस्यौँ भने त समृद्धि सम्भव छैन्। समृद्धि हुनका लागि जसले जति सक्छ, उसको ठाउँबाट जाँगर चलेको हुनुपर्छ’ उनले भनीन्, ‘यो कार्यक्रमा जति कृषक सहभागी भई दूध उत्पादनमा लाग्ुनभएको छ, त्यो गज्जब छ। तर अब विस्तारै हरेकका घरमा २÷४ जओटा भैँसी हुनुपर्छ, तब मात्रै उत्पादनलाई एकमुष्ठ रुपमा निर्यात गर्न पनि सहज हुन्छ।’


यस्तै, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले कुनै पनि व्यवसाय सफल हसनका लागि लगानी, उत्पादन र वितरणको कुरा महत्वपूर्ण हुने भएकोले यी तीन पक्षको बीचमा तादम्यता मिलाउन सुझाव दिए। परम्परावादी शैलीमा भैँसी पाल्ने र उसको स्वास्थ्यको ख्याल नगर्ने हो भने समस्या हुने हुँदा भैँसीको स्वास्थ्यको ख्याल गर्नुपर्ने उनले बताए। भैँसी पकेट क्षेत्रमा आवद्ध भएर धेरै कृषकहरुले व्यवसाय सुरु गरिसकेकोले उनीहरु व्यवसायी भइसकेको भन्दै गुरुङले अब व्यवसायलाई उद्यमशीलतामा रुपान्तरण गर्न आवश्यक रहेको उल्लेख गरे।
‘सीप र दक्षता बिना काम गर्दा सफलता प्राप्त गर्न सकिँदैन्, तपाईँहरुले पनि सिकेर काम गर्नुभयो भने सफलता पाउनुहुन्छ। दूग्ध संकलन केन्द्र बनेपछि अबको काम वितरणको हो’ उनले भने, ‘उत्पादन बढाउनमा जोड दिनुहोला, यसमा लगानी भइसकेको छ। भैँसीको स्वास्थ्य अवस्था जाँच्नको लागि वडामा नै प्राबिधिकहरु हुनुहुन्छ, उहाँहरुसँग सहकार्य गर्नुहोला।’


वडा सदस्य वीरेन्द्र रिजालका अनुसार पकेट क्षेत्रमा समावेश हुन चाहने किसानहरूका लागि सूचना आह्वान गरेर मापदण्ड पूरा गर्न सक्ने भएमा सहभागी हुन भनिएको थियो। जसमा किसानको तर्फबाट १० हजार रुपैयाँ लगानी गर्नुपर्ने, कम्तीमा एउटा मुर्रा जातको सहित तीन वटा भैंसी पालेको हुनुपर्ने, एक रोपनी क्षेत्रफलमा घाँस लगाएको हुनुपर्ने लगायतका सर्त राखिएको थियो। अहिले पहिलो वर्ष ५० जना किसान परियोजनामा सहभागी हुने र उनीहरूले पालेका भैंसीबाट दैनिक कम्तीमा पनि ५०० लिटर दुध उत्पादन गर्ने लक्ष्य राखिएको छ।
पाङ र खुर्कोटलाई पकेट जोनको रूपमा विकास गर्दै गर्दा पूर्व तयारी स्वरूप दुग्ध संकलन केन्द्र समेत निर्माण भइसकेको छ। दैनिक कम्तीमा पनि साढे ५०० लिटर दुध संकलन गर्न सक्ने गरी सुरुवाती अवस्थामा काम भइरहेको र बजार व्यवस्थापनका लागि समितिमार्फत निर्यातको ठाउँहरूमा बुझ्ने काम भइरहेको समितिका अध्यक्ष बाबुराम रिजाल बताउँछन्। उक्त दुग्ध उत्पादन केन्द्रको उद्घाटन कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुक्रवार गरेका छन्।
कुश्मा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार व्यावसायिक दुध उत्पादनको प्रचुर सम्भावना रहेको त्यस क्षेत्रमा पाँच वर्ष अगाडिबाटै दुधको पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो। तर किसानहरूको सक्रियता राज्यबाट हुने अनुदान सहयोगको अभावमा कार्यक्रम लागू हुन सकेको थिएन। पाङ र खुर्कोटका धेरै किसानले दुध बिक्री नहुँदा मोही बनाएर मलखादमा फाल्नुपर्ने अवस्था रहेको बताउँदै उनले फाल्नुपर्ने मोहीको समेत पैसा पर्ने अवस्था आएको बताउँछन्।
उद्घाटन कार्यक्रममा कुश्मा नगरपालिका १ का अध्यक्ष देबेन्द्र सुबेदी, वडा नम्बर २ का अध्यक्ष यदुनाथ शर्मा वास्तोला, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृषि प्राबिधिक अधिकृत नारायण पौडेल, नेपाली काङ्ग्रेस पाङका सभापति खगराज पौडेल, खुर्कोटका सभापति कालिभक्त शर्मा , कुश्मा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटा लगायतले आफ्नो धारणा राखेका थिए। कार्यक्रम पार्वती गुफा भैसी पकेट समितिका अध्यक्ष बाबुराम रिजालको अध्यक्षता, सचिव नरेश्वर कँडेलको स्वागत र कृष्णप्रसाद रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive