भदौ ११, २०७८
पर्वत : नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको व्यवस्थापन र उपशाखा देउपुर तिलाहारको आयोजनामा मोदी गाउँपालिकाको डिमुवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कोरोना कहरका कारण रक्तदान कार्यक्रमहरुको आयोजना निकै कम मात्रामा हुँदा रगतको आवश्यकता परेकाहरुलाई रगत दिन नसक्दा समस्या हुने भएकोले उक्त समस्या समाधानका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले बताए।
संक्रमणकालिन अवस्थामा पनि रगतको अभाव हुन नदीनको लागि स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरी आयोजना गरिएको रक्तादन कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन्।
यस अघि गत भदौ ७ मा कुश्मा नगरपालिका–८ चुवामा पनि चुवा क्लबको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। जहाँ १३ जनाले रक्तदान गरेका थिए।
डिमुवामा रक्तदान कार्यक्रम सम्पन्न
