बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025

समस्यामा रहेका दुई बालकलाई सहयोगी हातको सहयोग

भदौ ११, २०७८

भदौ ११, २०७८
पर्वत : सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आइरहेको नेपाली सहयोगी हातको तर्फबाट पर्वत सदरमुकाम कुश्मा बजारका दुई जना अनाथ बालबालिकाहरुलाई सहयोग हस्तान्तरण गरिएको छ।
सकारात्मक परिवर्तन र सेवा नै धर्म हो भन्ने नाराका साथ सामाजिक सहयोगको काम गर्दै आएको नेपाली सहयोगी हातलले कुश्मा नगरपालिका–५ मा बस्दै आएका ८ वर्षिय ईश्वर कुमाल र ५ वर्षिय दाजुभाईलाई विभिन्न सहयोग सामग्रीहरु उपलब्ध गरायएको सहयोगी हातको अभियानका सदस्य आशिष शर्माले जानकारी दिए।


बिगत ६ महिनादेखि आमा बिहीन अवस्थामा रहेका उनीहरुको अवस्था दयनीय रहेको र दुवै जनालाई ठूलीआमाले पाल्दै आएकोमा अलिकति भए पनि राहत होस भनेर सहयोग गरिएको शर्माको भनाई छ। नेपाली सहयोगी हातका अध्यक्ष निखिलेस पुरीका अनुसार ८ वर्षिय ईश्वरमा मिर्गौलाको समेत समस्या रहेको छ।
उनीहरुका लागि चामल, दाल, तेल, गर्मी र जाडोमा उपयुक्त हुने खालका लत्ता कपडा, बिस्कुट र स्टेशनरी सामग्रीहरु हस्तान्तरण गरिएको हो।


सामग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष चित्रकला शर्मा भारती, पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी, सहयोगी हातका अध्यक्ष निखिलेस पुरी, सदस्य आशिष शर्मा, विनय पुरी लगायतको सहभागीता रहेको थियो।


सहयोगी हातले कोरोना महामारीका कारण समस्यामा परेका विपन्न परिवारलाई सहयोग गर्ने, रक्तदान कार्यक्रमहरुको आयोजन ागर्ने, बिरामीहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्ने, बृद्धाश्रममा बसिरहेका ज्येष्ठ नागरिकलाई खाद्यान्न र लत्ता कपडा सहयोग गर्ने, विद्यार्थीहरुलाई विभिन्न सामग्रहिरु सहयोग गर्ने लगायतका कामहरु गर्दै अइरहेको छ। अभियानले राजधानी काठमाण्डौँ सहित देशका १६ जिल्लामा आफ्ना सहयोगी कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive