बुध, माघ २८, २०८२
Wed, February 11, 2026

यौन धन्दामा लगाएको आरोपमा महिला पक्राउ

भदौ १६, २०७८

पर्वत : महिलाहरूलाई काम दिने प्रलोभनमा पारेर जबरजस्ती यौन धन्दामा लगाउने गरेको आरोपमा कास्कीको पोखराबाट एक महिला पक्राउ गरेकी छन्। पक्राउ पर्नेमा इलामको माई नगरपालिका–८ चिसापानी घर भई पोखरा महानगरपालिका–६ शान्ति नगरमा बस्दै आएकी २८ वर्षीया अस्मिता राई रहेकी छिन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार राईलाई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको हो। शान्ति नगरमा ए वान रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी उनले रेस्टुरेन्टमा खाजा नास्ता बनाउने, खाजा नास्ता ग्राहकहरूलाई पुर्‍याउन वेटरको  काममा लगाइदिन्छु भन्ने तथा कतिपयलाई ललाई फकाई प्रलोभनमा पारी यौन धन्दामा लगाउने गरेको सूचनाका आधारमा पक्राउ गरिएको डिएसपी हमालले बताए।

राईलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गत सोमबार नियन्त्रणमा लिएको हो। उनीविरुद्ध मानव बेच–बिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान भइरहेको र पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीले बताएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive