बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

जलजलामा बि.पी. स्मृति भवन बनाउन आर्थिक सहयोग अभियान

भदौ १६, २०७८
पर्वत : पर्वतको जलजला गाउँपालिकामा निर्माण हुन लागेको बि.पी स्मृति भवन निर्माण गर्नका लागि आर्थिक सहयोग अभियान सुरु भएको छ।
नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा बि.पी स्मृति भबन निर्माण समितीका संयोजक यामबहादुर मल्ल (रामकृष्ण) का अनुसार अहिलेसम्म कुल पाँच लाख ३४ हजार नौ सय २६ रुपैयाँ सहयोग स्वरुप प्राप्त भएका छ। जसमा नेपाली काँग्रेस महासमिति सदस्य गंगाधर तिवारीले एक लाख ११ हजार एक सय ११ रुपैयाँ, नेपाली काँग्रेस जिल्ला कार्यसमितिबाट ७५ हजार रुपैयाँ, नेपाली काँग्रेसका महाधिवेशन सदस्य युबराज जोशीले ५५ हजार पाँच सय रुपैयाँ, नेपाली काँग्रेस जलजला गाउँपालिका–८ का नेता तथा पुर्व गाबिस उपाध्यक्ष हरेम बहादुर खत्रीले ५१ हजा एक सय रुपैयाँ, कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष शिब शर्मा अधिकारले ५१ हजार सहयोग गरेका छन्।
यस्तै जलजला गाउँपालिका–४ का वडाध्यक्ष भीष्म मल्लले ५० हजार रुपैयाँ, नेपाली काँग्रेसका युवा नेता तथा जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार याम शर्मा पौडेलले २५ हजार रुपैयाँ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारीले १५ हजार पाँच सय ५५, नेपाल पत्रकार महाँसंग पर्वतका पूर्व अध्यक्ष ओमप्रसाद घायलले १५ हजार पाँच सय ५५ रुपैयाँ, कुस्मा नगरपालिका–७ का समाजसेवी देबराज गिरीले १५ हजार रुपैयाँ, नेपाली काँग्रेस जलजला गाउँपालिका–५ का सभापति हरिप्रसाद रेग्मीले १० हजार रुपैयाँ, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका उपसभापति दुर्गाबहादुर खत्रीले १० हजार रुपैया, नेपाली काँग्रेस जलजला–४ का सभापति मेघनाथ पौडेलले १० हजार रुपैयाँ, वडा नबर १ का सभापति शेरबहादुर खत्रीले १० हजार रुपैयाँ, वडा नम्बर ८ का सभापति रामप्रसाद क्षेत्रीले १० हजार रुपैयाँ, वडा नबर २ का सभापति इन्दु पौडेलले १० हजार रुपैयाँ, भुपु सैनिक जलजला गाउँपालिकाका सभापति खड्कराज कार्कीले पाँच हजार एक सय पाँच र तरुणदल जलजला गाउँपालिका–५ का अध्यक्ष रामचन्द्र कार्कीले पाँच हजार रुपैयाँ सहयोग गरेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive