बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

बीमा गर्नु भनेको बुढेसकालको सहारा तयार पार्नु हो : अधिकारी

भदौ १६, २०७८
पर्वत : लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २१ औँ वर्ष सुरु भएको अवसरमा कम्पनीको पर्वत शाखाले पनि २० औँ वार्षिकोत्सव मनाएको छ।
केक काटेर मनाइएको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि कम्पनीका एजेन्सी म्यानेजर तथा पेसागत बीमा अभिकर्ता संघ पर्वतका अध्यक्ष गोविन्द अधिकारीले जीवन बीमा गर्दा हुने फाइदाको बारेमा नागरिक अझै पनि अनबिज्ञ रहेको बताउँदै केही कुरा मात्र थाहा पाएकाहरुले समाजमा झनै भ्रम फैलाएको पाइएको उल्लेख गरे।


बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार भएकोले मानिसलाई रकम बचत गराउन प्रोत्साहन गर्ने, जोखिम न्यूनीकरण गर्ने, बीमितको मृत्युपछि आर्थिक संकटमा राहत हुने, आयकरमा छूट हुने, बुढेसकाल तथा शारीरिक अशक्त हुँदाको साथी हुने, सम्पत्ति धितो विना ऋण पाइने, सामाजिक प्रतिष्ठामा वृद्धि हुने, शिक्षा, दिक्षा र विवाहको व्यवस्था, लाभदायक लगानी लगायतका फाईदा हुने उनको भनाई छ।
कार्यक्रममा बोल्दै पर्वत शाखाका प्रमुख सन्तोष क्षेत्रीले कम्पनीले २० औँ वर्ष पूरा गर्नुमा एल.आई.सी मा सबैको विश्वास रहनु भएको बताए। कम्पनीलाई सफलतामा लैजानको लागि नियमनकारी निकाय, संचालक समिति, शेयरधनी एवं कर्मचारी लगायत सबैको अथक प्रयास रहेकोले उनीहरु सबैलाई धन्यवाद दिए।


कार्यक्रमका अवसरमा शाखाको मातहत रहेका विभिन्न कर्मचारीहरु, अभिकर्ता र एजेन्सी म्यान्ेजरको बीचमा अन्तरक्रिया समेत गरिएको थियो। एल.आइ.सी नेपालल इ.स. २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको छ।
कम्पनीले पर्वतमा भने तीन वर्ष अगाडि शाखा कार्यालय स्थापना गरेको थियो। अब जिल्लाका सबै स्थानीय तहमा समेत पुग्ने तयारी भइरहेको शाखाले बताएको छ। पर्वतमा शाखा स्थापना हुनुपूर्व कम्पनीका कामहरु बागलुङ शाखाबाट हुँदै आएका थिए।
नेपालको कुनाकाप्चा र बहुसंख्यक नागरिकका बीच बीमा बारे सचेतना बढाई बीमासेवाको दायरा बृद्दि गर्न एलआइसी नेपालले अहम भूमिका खेलेको छ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive