मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

शिवको आवाजमा ‘तड्पी–तड्पी’ सार्वजनिक

भदौ १७, २०७८

भदौ १७, २०७८
पर्वत : नेपाली सुगम संगीतको युगका एउटा आयाम शिव परियारले भरेको स्वर र साधना गरेको संगीत त सबैको मनमा लोकिप्रिय नै छ। सेमी क्लासिककल र हाइ रेन्जको भोकलिस्टमा जमेर सुगम संगीतमा सबैको प्रिय बनेका उनै शिवको स्वरमा नयाँ गीत ‘तड्पी तड्पी’ सार्वजनिक भएको छ।
गीतको प्रोमो सार्वजनिक गरिएबाटै सबैको प्रतिक्षामा रहेको गीतले नेपाली सुगम संगीतमा अर्को नयाँ छाप छोड्ने निर्माण पक्ष बताउँछ। गायक परियारले निकै लामो समयपछि नेपाली सुगम संगीतमा स्वर भर्न मज्जा आउने गीत ‘तड्पी तड्पी’ बनेको बताउँदै यो गीत आफ्नो सांगितिक यात्राको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
‘मैले गाउँदै आएका गीतहरु भन्दा यो तड्पी–तड्पी गीत अलि फरक छ। यो गीतलाई प्राण दिनका लागि सबै पक्षबाट भएको मिहिनेतले सबैलाई लोभ्याउँछ’ उनले भने, ‘लामो समयसम्म एउटा रेन्जमा रहेको नेपाली सुगम संगितमा यो पनि अर्को प्रयास हो। मेरो सांगितिक यात्रामा यो गीत पनि एक हो जसलाई बिर्सनै सकिँदैन्।’
विन्दास मिडिया नेटवर्कको प्रस्तुतीमा बनेको गीतको म्यूजिक भिडिओमा जि.बी चिरन, निरुता शाही र समीर खानको अभिनय रहेको छ। सुवास कार्कीको शब्द र संगीत रहेको गीतको म्यूजिक भिडिओको निर्देशन सिर्जन बराल ‘ऋषि’ ले गरेका छन्।
चलचित्रको जस्तो कथाबस्तु राखेर निर्माण गरिएको म्यूजिक भिडियो सकिएको दर्शकलाई पत्तै हुँदैन्। एउटा कथामा निर्माण गरिएको घट्ना हेरिरहँदा र अब के होला? भन्ने बेलामा गीत नै सकिन्छ। यसको सिक्वेल बनेर दोस्रो भाग ल्याई कथा पूरा हुने हो? भन्ने प्रश्नमा गायक परियारले अहिले नै सिक्वेलको बारेमा भने नसोचिएको बताए।
हेर्नुहोस म्यूजिक भिडिओ :

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive