बुध, माघ २१, २०८२
Wed, February 4, 2026

गाउँले जनजीवन झल्काउने ‘साइँला जी’

असार १७, २०७८

रुकुम पूर्व : तिलकबहादुर रोका मगरको प्रस्तुतिमा रहेको ‘साइँला जी’ गीत सार्वजनिक भएको छ। गीतमा तिलकबहादुर र विमला रोका मगरको रहेको छ। गीत तिलकबहादुरले नै रचना गरेका हुन्।

 भिडियोमा विवश बुढा मगर र विमता घर्ती मगरको अभिनय रहेको छ। भूमे गाउँपालिका वडा नम्बर १ र २ का विभिन्न गाउँका साथै बाग्लुङसँगको सिमाना पातिहाल्ने क्षेत्रको बुकी पाटनमा गीतको दृश्य खिचिएको छ।

भिडियोमा गाउँले जनजीवन उतारिएको छ। सडक सञ्जाललले ग्रामीण भेगलाई नछोएको बेला दाङको कोइलाबास, बाँकेको नेपालगञ्जलगायत ठाउँमा पहाडी जिल्लाका मानिस नुन लिन जाँदाको कथा भिडियोमा छ। नुन लिन जानेहरु एक-दुई महिनापछि घरमा पुग्ने गर्देथे। त्यही जनजीवनलाई गीतको शब्द र भिडियोको भावमा प्रस्तुत गरिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive