मङ्ल, चैत्र ३, २०८२
Tue, March 17, 2026

रुग्दीको शारदा आधारभूतमा दोहोरी गीत प्रतिष्ठान पर्वतको सहयोग

फाल्गुन ३०, २०८२

पर्वत : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको शारदा आधारभूत विद्यालयमा केही भौतिक सामग्रीहरू वितरण गरेको छ ।
२५ औं राष्ट्रिय लोक दोहोरी दिवसको अवसर पारेर प्रतिष्ठान पर्वतको जिल्ला कार्यसमितिले खेलकुद सामग्री तथा सरसफाइका लागि प्रयोगमा आउने सामग्रीहरू वितरण गरिएको हो । सामाजिक सेवामा सक्रिय रहँदै आएका कतिपय संस्थाहरू बजार क्षेत्रमा मात्रै केन्द्रित हुने गरेको भए पनि प्रतिष्ठानले भने ग्रामीण क्षेत्रमा रहेको विद्यालयका बालबालिकाहरूको अध्ययन, शारीरिक तथा खेल सीप र सरसफाइमा सहयोग पुग्ने गरी सहयोग गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश अस्पताल पर्वतको व्यवस्थापन समितिका अध्यक्ष याम परियार (शिव) ले विगतदेखि नै सामाजिक सेवामा समेत सक्रिय रहेको लोकदोहोरी कलाकारहरुको संस्थाले फेरि पनि त्यसलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गर्नुभयो । यो सहयोगले सामुदायिक विद्यालयप्रति समुदायको जिम्मेवारीलाई थप बलियो बनाएको भन्दै उहाँले आगामी दिनमा पनि प्रतिष्ठानले यस्तै कामहरू गर्नुपर्ने सुझाउनुभयो ।
यस्तै, प्रतिष्ठान गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष आर.सी. पौडेलले आफूहरूले गरेको सहयोग थोरै भए पनि त्यसलाई सदुपयोग गरी बालबालिकाको सिकाइमा लगाउन अनुरोध गर्नुभयो । प्रतिष्ठान पर्वतका संस्थापक अध्यक्ष चित्र सागर श्रेष्ठले हरेक वर्षको दिवसको अवसरमा यस्तै खालका कामहरू गर्दै आइरहेको बताउनुभयो । सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद सापकोटाले विद्यालयमा खेलकुद कार्यक्रमहरूको प्रवद्र्धन गर्न तथा वातावरणीय सरसफाइ कायम राख्नका लागि ठुलो सहयोग पुगेको उल्लेख गर्नुभयो । गीत गाउनमा मात्रै कलाकारहरू सक्रिय हुन्छन् भन्ने धारणालाई त्यागेर उनीहरू सामाजिक सेवामा पनि उत्तिकै लागेका हुन्छन् भन्ने सन्देश उक्त कार्यक्रमले पुगेको उहाँको भनाइ छ ।
कार्यक्रममा लोक तथा दोहोरी गायक कृष्ण कँडेलले साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो भने विद्यालयका विद्यार्थीहरूले पनि सांस्कृतिक कलाहरू देखाउनुभएको थियो । उक्त कार्यक्रमका लागि समन्वय प्रतिष्ठान पर्वतका प्रथम उपाध्यक्ष सूदीप क्षेत्रीले गर्नुभएको थियो । प्रतिष्ठान पर्वतका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कलाकार क्षेत्रीले नै गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष मञ्जु बि.क.ले गर्नुभएको थियो ।
कार्यक्रममा भनाई राख्दै अध्यक्ष सुवेदीले प्रतिष्ठान पर्वतले आफ्ना कार्यक्रमहरूलाई सकेसम्म बालबालिका, विद्यालय र शिक्षामैत्री बनाउने प्रयास गरिरहेको बताउँदै आगामी दिनमा पनि सामुदायिक तथा निजी विद्यालयहरूको सक्रियतामा आफूहरूले विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive