मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण सुरु

फाल्गुन ३०, २०८२
पर्वत : पर्वतको मोदी गाउँपालिका–४ हलहलेमा रहेको मनि बराह, बराहयानी तथा ८४ थानको पुनर्निर्माण सुरु गरिएको छ ।
विशेष गरी मगर जातीहरूले विशेषे पूजाआजा तथा ठुलो आस्थाका साथमा पूजाआजा गर्दै आइरहेका थानमा रहेका पूर्वाधारहरू वर्षौँ पुराना तथा कच्ची अवस्थामा रहेकाले पुनर्निर्माण काम सुरु गरिएको स्थानीय समाजसेवी बुद्ध पुनले बताउनुभयो । स्थानीयबासीहरुकै सक्रियतामा सुरु भएको पुनर्निर्माण करिब पाँच लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
स्थानीय नागरिकले नै आर्थिक सहयोगको अभियान सञ्चालन गरेर आफूहरूबिच नै रकम सङ्कलन गरेर थानको पुनर्निर्माण सुरु गरेका हुन् । बराह तथा बराहयानी थानमा विशेष गरी जनै पूर्णिमाको अवसरमा पूजाआजा सहितका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू हुने गरेका छन् । उक्त थानमा वर माग्दा पूरा हुने विश्वास रहिआएको छ । यही कारण पनि जनै पूर्णिमाको विशेष पूजाका दिनमा स्थानीय बासिन्दा सहित जिल्ला बाहिर बसोबास गर्दै आइरहेका मगर समुदाय सहित अन्य जातजातिका धर्मावलम्बीहरू पनि आउने गरेका छन् ।
पुनर्निर्माण हुँदै गरेको ८४ थान पनि त्यहाँका स्थानीयको लागि विशेष रहँदै आएको छ । कोही पनि व्यक्तिले सय पूर्णिमा पूरा गरेपछि लगाइने ८४ पूजा घरमा आयोजना गर्न सक्ने अवस्था नभएमा उक्त थानमा पुगेर पूजा गर्दा ८४ पूजा लगाए बराबर नै हुने मान्यता रहँदै आएको छ । स्थानीय ६० वर्षीय टेकबहादुर पुनले आफूहरूको धार्मिक आस्थाको रूपमा लामो समयदेखि पूजाआजा हुँदै आएको थानमा पुनर्निर्माण हुँदा धार्मिक मान्यता र संस्कारलाई कायम राख्न सहयोग पुगेको बताउनुभयो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive