बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025

जनगणनाका सुपरीवेक्षकहरु भदौ २५ सम्म सम्पर्कमा जानुपर्ने, नत्र नियुक्ति रद्ध

भदौ २४, २०७८

भदौ २४, २०७८
पर्वत : कोरोना संक्रमणको जोखिम कम हुँदै जाने गएपछि केन्द्रिय तथ्यांक विभागले जनगणना–२०७८ को बाँकी रहेका कामहरु अगाडि बढाउन सुरु गरेको छ। यही क्रममा जिल्ला जनगणना कार्यालय पर्वतले पनि सुपरिवेक्षकहरुको पुनः ताजगी तालिम सञ्चालन गर्ने भएको छ।
जिल्ला जनगणना अधिकारी ज्योति के.सी का अनुसार गत भदौ २१ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यतालिका स्वीकृत भई कार्यन्वयनमा आएसँगै यही भाद्र २७ र २८ गते सुपरिवेक्षकहरुको पुनः ताजगी तालिम सञ्चालन गर्न लागिएको हो।
पुनः ताजगी तालिममा सहभागी हुनको लागि जिल्ला जनगणना कार्यालयबाट छनोटमा परी गत वैशाख १६ देखि २० गतेसम्म पाँच दिने सुपरिवेक्षक तालिम लिएका सुपरिवेक्षकहरुलाई अनुरोध गरिएको छ। त्यसका लागि सुपरीवेक्षकहरुले भाद्र २५ गतेसम्म यस कार्यालयमा सम्पर्क गरिसक्नुपर्ने भनिएको छ।
तोकिएको समयसम्ममा पनि सम्पर्कमा नआउने सुपरिवेक्षकहरुको नियुक्ति रद्ध गरी उक्त पदमा केद्रिय तथ्यांक विभागबाट प्राप्त लिस्टबाट पदपूर्ति गरिन लागिएको जनगणना अधिकारी के.सी ले बताईन।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive