बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

एमसीसी उपाध्यक्ष सुमार काठमाडौंमा, सुरक्षा व्यवस्था कडा

भदौ २४, २०७८

काठमाडौं : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार नेपाल आइपुगेकी छिन्।

चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली केहीबेर अघि नेपाल नेपाल आइपुगेको हो। नेपालमा एमसीसीको विरोध चर्किँदै काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ। विमानस्थल परिसरमा पत्रकारलाई समेत निषेध गरिएको छ।

काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको जवाफ पठाएकी छिन्। उनले नेपालस्थित अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी हुन् । बुधबार नै पत्र अर्थ मन्त्रालय पुगेको छ ।

एमसीसीले सम्झौताभन्दा नेपालको संविधान स्वतः माथि हुने र यो अनुदान कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नहुने स्पष्ट पारेको छ। तर, भइसकेको सम्झौता अब संशोधन नहुने जानकारी पनि गराएको छ।

नेपाल सरकार, अर्थ मन्त्रालयले सम्झौतासँग सम्बन्धित सरोकार सूचीकरण गरेर गत शुक्रबार वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो।

एमसिसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आउन लागेकी हुन्। नेपालमा एमसिसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि गिजोलिएको छ। सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसिसी परियोजना अझै अगाडि बढ्न सकेको छैन।

उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई भेट्ने कार्यक्रम छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive