बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

एमसीसीको गोलचक्कर : फातिमा रित्तै फर्कने पक्का

भदौ २५, २०७८

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली विहीबार बिहान कतार एयरको विमानबाट काठमाडौंमा ओर्लंदै गर्दा सत्तारुढ दल नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना प्रवक्ता कृष्णबहादुर महरालाई खुमलटार बोलाए । प्रचण्डलाई भेटेर फर्केका महराका हातमा एमसीसीले नेपाल सरकारलाई लेखेको जवाफी पत्रको प्रिन्ट कपी थियो । र, उनी खुमलटारबाट निस्केर प्रधानमन्त्री शेरहादुर देउवालाई भेट्न जाने हतारोमा थिए ।

यही दौडधूपकै बीचमा रातोपाटीले महरालाई सोधेको थियो कि एमसीसीको स्पष्टीकरणसहितको जवाफी पत्रपछि अब एमसीसी सहयोग सम्झौता पास हुन्छ कि के हुन्छ ? यसमा सत्ता गठबन्धनको धारणा के हो ?
यसमा महराले सकारात्मक जवाफ दिएनन् । उनको जवाफको सार थियो, एक– अमेरिकी जिम्मेवार मन्त्रीहरुले नै यसलाई इण्डो प्यासिफिक सैन्य रणनीति अन्तरगतको परियोजना बताएकाले एमसीसीबाट मात्रै जवाफ दिएर पुग्दैन, यसमा अमेरिकी सरकारकै जवाफ चाहिन्छ । हामीले अमेरिकी सरकारसँगै डिल गर्नुपर्छ । दुई– यसलाई परिमार्जन नगरिकन यथास्थितिमा पारित गर्न हुँदैन भन्ने माओवादी पार्टीको धारणा छ र गठबन्धन दलहरुको पनि अहिले यसलाई पारित गर्नुहुँदैन भन्ने धारणा छ ।

नेपाल भ्रमणको पहिलो दिन बिहीबार फातिमाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटिन् । अमेरिकीहरुले ओली र नेपाललाई भेटेकै दिन सत्ता गठबन्धनका चार शीर्षनेताहरु शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाल र उपेन्द्र यादवले विहीबार साँझ एमसीसीको विषयमा छलफल गरे । सत्ता गठबन्धनले यसबारे आज पनि छलफल गर्दैछन् ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive