बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

एमसीसीको गोलचक्कर : फातिमा रित्तै फर्कने पक्का

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली विहीबार बिहान कतार एयरको विमानबाट काठमाडौंमा ओर्लंदै गर्दा सत्तारुढ दल नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना प्रवक्ता कृष्णबहादुर महरालाई खुमलटार बोलाए । प्रचण्डलाई भेटेर फर्केका महराका हातमा एमसीसीले नेपाल सरकारलाई लेखेको जवाफी पत्रको प्रिन्ट कपी थियो । र, उनी खुमलटारबाट निस्केर प्रधानमन्त्री शेरहादुर देउवालाई भेट्न जाने हतारोमा थिए ।

यही दौडधूपकै बीचमा रातोपाटीले महरालाई सोधेको थियो कि एमसीसीको स्पष्टीकरणसहितको जवाफी पत्रपछि अब एमसीसी सहयोग सम्झौता पास हुन्छ कि के हुन्छ ? यसमा सत्ता गठबन्धनको धारणा के हो ?
यसमा महराले सकारात्मक जवाफ दिएनन् । उनको जवाफको सार थियो, एक– अमेरिकी जिम्मेवार मन्त्रीहरुले नै यसलाई इण्डो प्यासिफिक सैन्य रणनीति अन्तरगतको परियोजना बताएकाले एमसीसीबाट मात्रै जवाफ दिएर पुग्दैन, यसमा अमेरिकी सरकारकै जवाफ चाहिन्छ । हामीले अमेरिकी सरकारसँगै डिल गर्नुपर्छ । दुई– यसलाई परिमार्जन नगरिकन यथास्थितिमा पारित गर्न हुँदैन भन्ने माओवादी पार्टीको धारणा छ र गठबन्धन दलहरुको पनि अहिले यसलाई पारित गर्नुहुँदैन भन्ने धारणा छ ।

नेपाल भ्रमणको पहिलो दिन बिहीबार फातिमाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटिन् । अमेरिकीहरुले ओली र नेपाललाई भेटेकै दिन सत्ता गठबन्धनका चार शीर्षनेताहरु शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाल र उपेन्द्र यादवले विहीबार साँझ एमसीसीको विषयमा छलफल गरे । सत्ता गठबन्धनले यसबारे आज पनि छलफल गर्दैछन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive