मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

पर्वत प्रहरीद्धारा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

भदौ २७, २०७८

भदौ २७, २०७८
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले कर्तव्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पर्वतको मोदी गाउँपालिका–८ चित्रेका २५ वर्षिय रबिन सुनार र सोही ठाउँका २६ वर्षिय दल बहादुर नेपालीलाई पक्राउ गरिएको हो। उनीहरुका विरुद्व ज्यान सम्बन्धी कसुर मुद्वा शिर्षकमा मुद्वा दर्ता भई पर्वत जिल्ला अदालतले २०७७ चैत १० मा एक वर्ष ११ महिना चार दिन कैद सजायको फैसला सुनाएको थियो।
फैसलापछि उनीहरु हालसम्म फरार रहेको र खोजि गर्ने क्रममा विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले मिति २०७८ भदौ २६ मा पक्राउ गरेको प्रहरी जनाएको छ। पक्राउ परेकाहरुलाइ भदौ २७ मा पर्वत जिल्ला अदालतमा पेश गरेर अदालतबाट ठेकिएको कैद–सजाय भुक्तानीको लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए।

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive