भदौ २८, २०७८
पर्वत : एक जना ३८ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पर्वतका १७ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार जिल्लाको पैयुँ गाउँपालिका बालकलाई उजुरीको आधारमा पक्राउ गरिएको हो । पीडित भनिएकी महिलाका दाजुले जिल्ला प्रहरी कार्यालयमा आफ्नी बहिनीमाथि गत वैशाख १५ गते साँझ करिब पाँच बजेको समयमा खेतमा जबरजस्ती करणी गरेको भनी उजुरी दर्ता गरेका थिए । गत भदौ २५ मा उजुरी आएपछि कानुनको विवादमा परेका बालकलाई भदौ २६ मा नियन्त्रणमा लिएर निगरानीमा राखिएको थियो ।
घटनाको विषयमा अनुसन्धान चलिरहेको र आरोपितलाई भदौ २७ मा पर्वत जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दा शीर्षकमा पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।
(महिला पीडित भएको र आरोपित बालक भएका कारण पीडित, पिडक र स्थान नखुलाइएको हो।)
बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025