शुक्र, जेष्ठ १०, २०८२
Fri, May 23, 2025

बाल दिवसमा नेपाली सहयोगी हातद्धारा बिद्यार्थीलाई सहयोग

भदौ २९, २०७८

भदौ २९, २०७८
पर्वत : समाजसेवामा सक्रिय रहँदै आएको नेपाली सहयोगी हातले ४४ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयमा शैक्षिक र सामग्री र मास्क वितरण गरेको छ।
कोरोना संक्रमणको जोखिम उच्च रहेको बेलामा बिद्यार्थीहरुलाई अध्ययनमा समस्या भएको तथा कतिपय अभिभावकहरुको रोजगारी समेत गुमेको अवस्थामा विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई सामग्रीहरु हस्तान्तरण गरिएको सहयोगी हातका अध्यक्ष निखिलेस पुरीले बताए।


‘लामो समय विद्यालय बन्द रहेपछि अहिले बल्ल सञ्चालनमा आएका छन्। विद्यार्थीहरु पनि विद्यालयमा उपस्थित भएका छन्। तर यो अवधिमा जेहेन्दार भएर पनि गरिबीको समस्यामा रहेका बिद्यार्थीहरुलाई धेरै कठिन भइरहेको छ।र यही कारण बाल दिवसको अवसरमा त्यस्ता विद्यार्थी छनोट गरेर सहयोग गरेका हौँ’ उनले भने, ‘शैक्षिक सामग्री सहित तीन सय थान सर्जिकल मास्क पनि दिएका छौँ। विद्यालय भौतिक रुपमा खुलेपछि मास्क लगाउनु झनै अनिवार्य बनेको छ।’ ती सामग्रीहरु अध्यक्ष पुरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।
सामग्री हस्तान्तरण गर्ने बेलामा भौतिक रुपमा उपस्थित नभएका विद्यार्थीहरुका लागि छुट्याइएको सामग्रीहरु विद्यालयका प्राधानाध्यापक भूपेन्द्र कुँवरलाई जिम्मा लगाइएको छ।
सामग्री हस्तान्तरण कार्यक्रमा सहयोगी हातका सदस्यहरु आशिष शर्मा, विनय पुरी र समुन्द्र श्रेष्ठको पनि सहभागिता रहेको थिए। उनीहरुले बिगतमा विभिन्न ठाउँमा सहयोग गर्ने क्रममा शिवालय माध्यमिक विद्यालयलाई पनि सहयोग गरिएको र आवश्यकताका आधारमा फेरि पनि सहयोगलाई निरन्तरता दिइने बताए।

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive