बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

बाल दिवसको अवसरमा कुश्मा नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता

भदौ २९, २०७८

भदौ २९, २०७८
पर्वत : राष्ट्रिय बाल दिवसको अवसरमा जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा माध्यमिक विद्यालय स्तरीय वक्तृतत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ मंगलवार मनाइएको ४४ औँ दिवसको अवसरमा सोही नारालाई नै शीर्षक मानेर प्रतियोगिता सम्पन्न गरिएको कुश्मा नगरपालिकाको नगर शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले जानकारी दिए।
प्रतियोगितामा राष्ट्रिय बाल शिक्षा सदन कुश्माकी संरचना शर्मा प्रथम, नमूना अंग्रेजी आवासिय माध्यमिक विद्यालय कुश्माकी पूर्णिमादेवी खत्री दोस्रो, नारायण माध्यमिक विद्यालय कुश्माकी निशा आचार्य तेस्रो, तथा विश्वज्योति माध्यमिक विद्यालय शिल्मीकी नम्रता सुवेदी र शिवालय माध्यमिक विद्यालय कुश्माकी सदिक्षा पोखरेल सान्त्वना भएका छन्। प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना बनेकाहरुलाई क्रमश नगद सात हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिने नगर शिक्षा शाखाले जानकारी दिएको छ।
प्रतियोगिताको निर्णायकमा कुश्मा नगरपालिकाको सामाजिक शाखा प्रमुख डिल कुमारी शर्मा, शिवालय बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्र पहाडी र गुप्तेश्वर बहुमुखी क्याम्पसका प्राध्यापक कुलचन्द्र गौत रहेका थिए। नगरपालिकाको नगर शिक्षा शाखाका प्रमुख बिष्णुप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङको समेत विशेष उपस्थिति रहेको थियो।
कुश्मा नगरपालिकाभित्रका ११ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत दीपक सुवेदीले गरेका थिए भने कार्यक्रम अनलाईनका माध्यमबाट सञ्चालन गरिएको थियो।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive