बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

कानमा लगाएको सुन लुट्न २३ वर्षे नातिले गरे हजुरआमाको हत्या

अशोज २, २०७८

कानमा लगाएको सुनका लागि बझाङमा ८५ वर्षीया वृद्धाको हत्या भएको छ। जिल्लाको दुर्गाथली गाउँपालिका–५ घर भएकी रिखीदेवी जप्रेलको हत्या भएको छ।

हत्या आरोपमा उनको नाति २३ वर्षीय सुवास जप्रेल पक्राउ परेका छन् । नाति सुवासले गत भदौ २७ गते बिहान ९ बजेको समयमा हँसिया प्रहार गरी हजुरआमा रिखीदेवीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खड्काले जानकारी दिए ।

डिएसपी खड्काका अनुसार हत्यापश्चात् उनको कानमा रहेको सुनको दुईवटा मुन्द्रा र नाकमा रहेको एउटा मुन्द्री लगी सोही दिन बिक्री गरेको खुलेको छ । सुवासले सोही दिन साँझ ७ बजेको समयमा पुनः घटनास्थलमा गई लासलाई खाडलमा पुरेको बयान दिएको उनले जानकारी दिए ।

घटनापछि निजलाई भाग्दै गरेको अवस्थामा प्रहरीले बझाङ दुर्गाथली गाउँपालिका–७ को लौवादेव डाँडाबाट पक्राउ गरेको छ। निजविरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive