बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

सातौँ संबिधान दिवसमा कुश्मा नगरपालिकाका प्रमुख जोशीको शुभकामना सन्देश

संजय रेग्मी
असोज ३, २०७८
पर्वत : आईतबार मनाईँदै गरेको सातौँ संबिधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले संघात्मक राज्य व्यवस्था अनुरुप तीन तहको सरकार संघ, प्रदेश र स्थानीयबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहेको बताएका छन्।

उनले जारी गरेको शुभकामना सन्देशमा स्थानीय तहलाई जनताको आफ्नो सरकारको रुपमा लिइएको बताउँदै वर्तमान संविधानले लिएको समावेशी, लोकतान्त्रिक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको कार्यान्वयनको लक्ष्यबाट नै समृद्धि, सुशासन र दिगो शान्ति कायम गर्न सकिने भनिएको छ।

‘संघात्मक राज्य व्यवस्था अनुरुप तीन तहको सरकार संघ, प्रदेश र स्थानीयबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहेको छ। स्थानीय तहलाई जनताको आफ्नो सरकारको रुपमा लिइएको छ। वर्तमान संविधानले लिएको समावेशी, लोकतान्त्रिक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको कार्यान्वयनको लक्ष्यबाट नै समृद्धि, सुशासन र दिगो शान्ति कायम गर्न सकिन्छ।’ सन्देशमा लेखिएको छ, ‘तर विश्वभरी फैलिएको कोरोना भाइरसले मानवीय स्वास्थ्य र सामाजिक तथा आर्थिक गतिविधिमा बाधा व्यावधान सिर्जना गरेको छ। यस विषम परिस्थितिमा सम्पूर्ण नगरवासीहरुमा सचेत, सजग र सुरक्षित रहनको लागि अनुरोध गर्दछु।’

नगरप्रमुख जोशीले संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यस ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ अवसरमा कुश्मा नगरपालिका एवम् स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली वुवाआमा, दिदिवहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। विभिन्न कालखण्डमा नेपालको स्वतन्त्रता, राष्ट्रियता, राष्ट्रिय एकता, स्वाधिनता, शान्ति, र लोकतन्त्रका लागि भएका आन्दोलन तथा संघर्षहरुमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरु प्रति उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धासुमन पनि सन्देशमार्फत दिइएको छ।

‘नागरिकको अधिकार प्रवर्द्धन तथा शासनको अधिकारको सीमाङ्कन गर्ने ज्यावलको रुपमा लिएको संविधान देशको मूल कानून हो। नेपालको वर्तमान संविधान जनताका प्रतिनिधि मार्फत् निर्माण गरिएको ऐतिहासिक संविधान हो। यसले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा अंगिकार गरेको छ।’ उनले भनेका छन्, ‘यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्क शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य लिएको छ।’

शुभकामनाको अन्त्यमा नगरप्रमुख जोशीले संविधान दिवस २०७८ को यस पावन अवसरमा नेपालको संविधानले व्यवस्था गरे अनुरुपस्थानीय सरकारको अधिकार र कर्तव्यको पूर्ण पालना र कार्यान्वय गर्ने, “सुन्दर र समृद्धःकुश्मा नगर“ निर्माण गर्ने प्रतिबद्धताका साथै संविधानले व्यवस्था गरेको मौलिक हक तथा अधिकारहरुमा जनताको पहुँच पुग्ने विश्वास व्यक्त गरेका छन्।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive