पर्वत : विद्युत लाईनमा कटीङ तथा सुधार गर्नको लागि भोली शनिवार पर्वत र बागलुङका विभिन्न स्थानमा विद्युत सेवा अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका अनुसार शनिवार वुस कटीङ तथा लाईन सुधार कार्यको लागि बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिद्युत बन्द गरेर काम गर्न लागिएको हो । केन्द्रका अनुसार पर्वतको फलेवास नगरपालिका, बिहादी गाउँपालिका, महाशिला गाउँपालिका, पैयूँ गाउँपालिका सहित बागलुङको बलेवा क्षेत्रमा बिद्युत अबरुद्ध हुने भएको हो ।
बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025