शुक्रबार, माघ ४, २०८१
Friday, January 17, 2025

फलेवासमा थमानसिंह थापाको उम्मेदवारी

देशभर नेपाली कांग्रेसको चुनावी सरगर्मि बढिरहेका बेला पर्वतको फलेबास नगरपालिकामा पनि शनीबार हुने १४ औं अधिबेशनका लागि कांग्रेसको निर्वाचन तयारी तिब्र पारिएको छ । लोकतान्त्रिक बिधि र पद्दतीबाट चल्ने मुलुकको एक मात्रै राजनीतिक दलका रुपमा रहेको कांग्रेसमा वडा र पालिका तहदेखि नै नेतृत्व लिन चाहना राख्नेहरुको लर्को देशभरि नै छ ।
यसै क्रममा पर्वतको समग्र राजनीतिलाई उथलपुथल नै बनाउन सक्ने क्षमता रहेको फलेबास नगरपालिकाको नेतृत्व लिन पनि कांग्रेसमा होडबाजी नै चलेको छ । यसबिचमा विधि र संस्कार तथा पद्दती सिकाउने पार्टीको अभिभावक र नेतृत्वकर्ता सक्षम हुनुपर्छ भन्ने बहस चलिरहेका बेला साबिक थापाठाना गाविस एवं हाल फलेबास–२ निबासी थपानशिंह थापाले नगर सभापतिमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्नुभएको छ । शनीबार हुने निर्वाचनमा आफु नगर सभापति भएर फलेबासमा मात्रै नभएर समग्र पर्वत जिल्लामा आगामी स्थानीय, प्रदेश तथा संघिय निर्वाचनमा पार्टीलाई अब्बल साबित गर्नेगरि थापाले दाबेदारी प्रस्तुत गर्नुभएको हो ।
२०४९ देखि २०५४ सम्म साविकको चापाठाना गाविसको अध्यक्षसमेत भएर काम गरिसकेका थापाले गत २०७४ वैशाख ३१ गते भएको स्थानीय चुनावमा समेत फलेबास नगरपालिकाको मेयरमा समेत दाबी गरेका थिए । नगरपालिका भित्रका काग्रेस नेताहरुमध्ये आफू २०४६ सालदेखि नै अग्रपंतिमा रहेर काम गरेको अनुभव रहेको थापाको दाबी छ । थापाले २०४६ देखि २०५८ सम्म निरन्तर जिल्ला समितिको सदस्य भएर काम गरेको अनुभव छ । २०२७ सालमा नेपाली कांग्रेसको मुखपत्रका रुमा प्रकाशित तरुण पत्रिका हुँदै नेपाली काग्रेसमा आबद्ध भएका थापा नेपाली काग्रेस थापाठाना गाउँ समितिको बाह्रौं र तेह्रौं अधिवेशनबाट लगातार दोस्रो कार्यकाल सभापतिका रुपमा समेत काम गरिसकेका छन् । पार्टीका अन्य व्यक्तिहरु समेत आकांक्षी रहेको सन्दर्भमा आफुले जीवनभर इमानदार भएर काग्रेसको राजनीति गरेकाले एकपटक फलेबास नगरपालिकाको नेतृत्व गर्न चाहेको थापाले बताए । आफुसंग लामो समय जनप्रतिनिधि समेत भएको अनुभव रहेकोले तल्लो तहका कार्यकर्ताहरुको समेत मन जितेर फलेबासलाई आगामी स्थानीय तहमा कांग्रेसमय बनाएरै छाड्ने उनले प्रतिवद्धता जनाए ।
साथमा तस्बिर पनि छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive