मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

फलेवास जाने सवारी रुग्दी हुँदै फलेवास जानुपर्ने

अशोज १०, २०७८

असोज १०, २०७८
पर्वत : पर्वत सदरमुकाम कुश्माबजार र अन्य ठाउँबाट फलेवास र फलेवास हुँदै दक्षिणी क्षेत्रमा जाने सवारीहरु फलेवास नगरपालिका–४ मुडिकुवा र वडा नं. ३ शंकरपोखरीको रुग्दी हुँदै चल्नुपर्ने भएको छ।
फलेवास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटाका अनुसार दोबिल्ला फलेवास सडकखण्ड अन्तर्गत घुयनौलामा ढलान गर्न लागिएपछि बैकल्पिक सडकको रुपमा साईकलचोक–तातोपानी–रुग्दी–चुरी–चितिपानी हुँदै फलेवास जाने सडकलाई प्रयोग गर्न भनिएको हो। असोज १० गतेदेखि १६ गतेसम्म ६ दिन बाटोमा ढलान हुने भएका कारण घुयनौलामा सवारी आवागमन अबरुद्ध गरिएको हो।
यस अगाडि पनि कतिपय सवारीहरुले बैकल्पिक सडकको रुपमा तातोपानी–रुग्दी–चुरी–चितिपानी तथा तातोपानी–रुग्दी–चुचानदेउराली हुँदै शंकपोखरीबाट जाने सडक प्रयोग हुँदै आएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive