बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

ईपीएल : फाइनलका लागि चितवन र पोखरा भिड्दै

अशोज २०, २०७८

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन्। बुधबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्लेअफ अन्तर्गतका क्वालिफायर र एलिमिनेटर खेल हुनेछन्।

चितवन टाइगर्स र पोखरा राइनोजबीच फाइनल प्रवेशका लागि पहिलो प्रतिस्पर्धा हुनेछ। खेल बिहान साढे ९ बजेका सुरु हुनेछ।  सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगेको हो।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेको छ। पराजित हुने टोलीले दोस्रो क्वालिफायरको मौका पाउने छ। दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ।

बुधबार एलिमिनेटरमा काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १ बजे सुरु हुनेछ। शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौथो स्थानमा रहँदै एलिमिनेटर खेल्न लागेको हुन।

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive