बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

अफगानिस्तानको एक मस्दिजमा आत्मघाती आक्रमण : ४७ जनाको मृत्यु‚ ७० घाइते

अशोज ३०, २०७८

अफगानिस्तानको दक्षिणी सहर कान्दाहारस्थित एक शिया मस्जिदमा विस्फोट हुँदा ४७ जनाको मृत्यु भएको छ।

शुक्रवार दिउँसो बिबी फातिमा मस्जिदमा भएको आत्मघाती बम आक्रमणमा ७० जना घाइते भएको तालिबान अधिकारीहरूले बताएका छन्। यो यस सहरको शिया उपासकहरुको सबैभन्दा ठूलो मस्जिद हो। त्यहाँ मानिसहरूको घुइँचो थियो।

प्रत्यक्षदर्शीका अनुसार तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको थिए। एक जनाले मस्जिदको गेट र दुई जनाले भित्र विष्फोट गराएका थिए।

घटनास्थलको तस्वीरमा मस्जिदका झ्यालका सिसा फुटेका र शवहरु भुइँमा छरिएको देखिन्छ। तालिबानले विशेष सुरक्षा फौजले घटनास्थल घेरामा राखेको छ र घाइतेहरुको उपचारका लागि रगत आवश्यक परेकाले रक्तदान गर्न आह्वान गरेको छ।

आक्रमणको जिम्मा कसैले पनि लिएको छैन। आक्रमणमा आईएस–केको संलग्नता हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive