शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

मिलन डिजी इन्टरनेसनलद्धारा दुर्लुङमा साउण्ड सिस्टम सहयोग

अशोज ३०, २०७८

असोज ३०, २०७८
पर्वत : जिल्लाको मोदी गाउँपालिका–५ बाजुङको फलाल्ने घर भई हाल हङकङमा रहँदै आएका दुर्गा घोताने मिलनले कुश्मा नगरपालिका–३ दुर्लुङमा रहेको मुनाल सामुदायिक विकास मञ्चलाई साउण्ड सिस्टम सहयोग गरेका छन्।
सामाजिक सेवामा सक्रिय रहेर जिल्ला भित्र र बाहिर विभिन्न ठाउँका विद्यालय, क्लब, समाज, व्यक्ति लगायतलाई सहयोग गर्दै आइरहेका गुरुङले मञ्चको कार्यक्रमलाई व्यवस्थित गर्नको लागि झण्डै ५० हजार मूल्य बराबरको साउण्ड सिस्टम उपलब्ध गराएका हुन्।
गुरुङ नै अध्यक्ष रहेको मिलन डि.जि इन्टेरनेसनल प्रा.लि. को ब्यानरमा एक सेट म्युजिक सिस्टम प्रदान गरिएको हो। मिलन डि.जि इन्टरनेसनल प्रा.लि का सदस्य देवी गुरुङ र खुशी गुरुङले मुनाल बिकास सामुदायिक मञ्चका अध्यक्ष नवीन गुरुङ र सचिव राजेश गुरुङ साथै समाजसेवी धनमाया गुरुङको उपस्थितिमा उपकरण हस्तान्तरण गरिएको थियो।
मिलन फाउन्डेसन नेपालका संरक्षक समेत रहेका गुरुङले आगामी दिनमा पनि जिल्लाका विभिन्न ठाउँमा समस्यामा रहेका तथा जिल्ला बाहिरका नागरिकका लागि पनि अफूले सकेको सहयोग उपलब्ध गराउने बताएका छन्। गुरुङले सामाजिक सेवामा अहिलेसम्म लाखौँ रुपैयाँ खर्च गरेका छन्, तर उनले त्यसका लागि अरुबाट भने सहयोग लिँदैनन्। आफूले वैदेशिक रोजगारीबाट गरेको आम्दानीकै केही भाग छुट्याएर सामाजिक सेवामा आफू सक्रिय रहेको उनको भनाई छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive