बुधबार, मंसिर १९, २०८१
Wednesday, December 4, 2024

पर्वतका ५० वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन – यी हुन वडा कमिटी अध्यक्षहरु

पर्वत/नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले पर्वतका ५० वडामा सर्बसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।
शनिबार शुरु भएको अधिबेशनमा पर्वतका ६१ वडा मध्ये आइतबार साँझ सम्म ६१ वडामा नेतृत्व चयन भएको हो ।
नेकपा(एमाले) पर्वतका उपसचिब गोबिन्द पहाडीले दिएको जानकारी अनुसार । बिहादी, पैयु र जलजला गाउँपालिकामा सबै वडामा नेतृत्व चयन भैसकेको छ। महाशिला गाउँपालिकाका सबै वडामा नेतृत्व चयन गर्न बाँकी छ । कुस्मा नगरपालिका र फलेबास नगरपालिकामा दुई दुई वटा वडामा नेतृत्व चयन हुन सकेको छैन भने मोदी गाउँपालिकामा पनि एउटा वडामा नेतृत्व चयन भएको छैन। कुस्मा नगरपालिकामा वडा नं १० र ११ मा नेतृत्व चयन भएको छैन भने फलेबास नगरपालिकामा ३ र ५ नम्बर वडामा मात्र नेतृत्व चयन गर्न बाँकी छ । यस्तै मोदी गाउँपालिकामा वडा नं ७ राम्जामा मात्रै नेतृत्व चयन भएको छैन ।

पर्वतमा ५० वडामा निर्वाचित एमालेका वडा कमिटी अध्यक्षहरु


कुस्मा नगरपालिका १२ ठुलीपोखरीमा अध्यक्ष र सचिब सहित कार्यसमितका आकाँक्षी उमेदवारहरुाट नेतृत्व टुंगो लगाउने जिम्मा निर्वाचन समितिलाई दिइएको छ । वडा नं १० पिपलटारीमा नगर अधिबेशनका लागि प्रतिनिधी चयन गरिएपनि वडा कमिटी गठनको प्रकृया नै शुरु भएको छैन । एमालेका धेरै संगठित सदस्य भएको वडा भएकाले नेतृत्वका लागि पनि धेरै आकाँक्षी हुँदा थप समय लगाएर सर्वसम्मत नेतृत्व चयन गर्ने योजना बनाइएको एमाले नेता शान्त पौडेलले जानकारी दिनुभयो । फलेबासका दुई वटै वडामा पनि निर्वाचन समितिले सर्वसम्मत नेतृत्व टुंगो लगाउने प्रयास गरिरहेको छ भने मोदी १ मा पनि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष पदका आकांक्षीहरु संग छलफल जारी रहेको एमालेले जनाएको छ । महाशिला गाउँपालिकामा सोमबार देखि सबै वडामा नेतृत्व चयनका लागि अधिबेशन शुरु गरिदैछ । महाशिला ३ बालकोट र ५ लुंखुमा अधिबेनशनको प्रकृया भने शुरु भैसकेको छ ।
नगर अधिबेशनका लागि मंगलबारको समय तोकिएको भएपनि कुस्मामा कार्तिक ११ र महाशिलामा कार्तिक १४ गते नगर अधिबेशनको मिति तय गरिएको छ भने बाँकी सबै पालिकामा मंगलबार नै नेतृत्व चयन गरिएको जिल्ला अध्यक्ष पदम गिरीले बताउनुभयो ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive