बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

कार्तिक ८, २०७८

पर्वत, कार्तिक ८–बिहादी गाउँपालिका–१ बाच्छास्थित रहेको जनकल्याण प्राथमिक बिद्यालयलाई ल्याबटप र नगद सहयोग गरिएको छ । बिद्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले एक थान ल्याबटप र नेपाली काँग्रेसका महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्रीले नगद ५० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । त्यसक्षेत्रकै पुरानो बिद्यालय भएपनि भौतिक संरचनामा पछि परेको यो बिद्यालयमा बिद्यार्थी संख्यासमेत धेरै छ । उक्त ल्याबटप र नगद रकम उहाँहरुले ब्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर खड्का, प्रधानाध्यापक उमाकान्त बस्नेत, शिक्षक ममता खड्का क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहेका मल्लले बिद्यालयहरुमा गुणस्तरीय शिक्षाका निम्ति भौतिक संरचना, प्रविधिमैत्री शिक्षा हुनुपर्ने बताए । अवको शिक्षा नीति नै स्वरोजगारमुखी हुनुपर्नेमा जोड दिदै मल्लले नयाँ नयाँ प्रविधिमार्फत शैक्षिक सुधारमा लाग्न आवश्यक देखिएको धारणा राख्नुभयो । उहाँले सामाजिक क्षेत्रमा होस वा राजनीतिक क्षेत्रमा होस काम गर्ने, छलछाम नगर्ने, बोलेको पुरा गर्नेलाई साथ दिन आवश्यक रहेको बताउनुभयो । राजनीतिमा ढाट्ने, छलकपट गर्ने, झुक्याउने, निर्वाचनका बेला प्रभावित पार्न जे पनि बोल्ने तर पछि वास्ता नगर्ने भ्रमको खेती देखिएको भन्दै आफुले त्यस्ता गलत प्रबृत्तिको राजनीतिमार्फत भण्डाफोर पार्ने दाबी गर्नुभयो ।
नेपाली काँग्रेसकी महासमिति सदस्य एवम् प्रभावशाली युवा नेतृ राधाकुमारी क्षेत्रीले पनि शिक्षालाई गुणस्तरीय बनाउन नयाँ नयाँ प्रविधिलाई पछ्याउनुपर्ने र राज्यले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । राजनीति गर्नेहरुले पनि शैक्षिक विकास र गुणस्तरीय शिक्षा सुधारमा ध्यान दिनुपर्ने स्पष्ट पार्दै अन्य विकासभन्दा पहिला शैक्षिक विकासलाई अग्रभावमा राखेर काम गर्न आग्रह गर्नुभयो । उहाँले राजनीति भनेकै जनताको सेवा भएकोले राजनीतिलाई बिकृति बनाउन नहुनेमा पनि जोड दिनुभयो । राजनीतिमा बिकृति हुँदा अन्य सबै क्षेत्र बिकृति हुने भएकाले सफा राजनीतिलाई सबैको ध्यान पुग्नुपर्ने धारणा राख्नुभयो ।
जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले सामुदायिक बिद्यालयहरुमा सरकारको ठुलो लगानी भएपनि राम्रो ब्यवस्थापन हुन नसक्दा शैक्षिक गुणस्तर सोचेअनुरुप प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले विगतमा पर्वत जिल्लामा बर्षौसम्म पनि हुन नसकेका शैक्षिक क्षेत्रका काम आफु झण्डै डेढ महिना तत्कालिन जिल्ला शिक्षा कार्यालयको शिक्षा अधिकारी हुँदा गरेको भन्दै अवको शैक्षिक नीति नै प्रविधिमा जोड दिने खालको हुनुपर्ने बताउनुभयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक उमाकान्त बस्नेतले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive