कात्तिक ११, २०७८
पर्वत : जिल्ला जनगणना कार्यालय पर्वतले यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म संचालन हुने जनगणनाको मुख्य प्रश्नावली भर्नका लागि छनोट भएका कर्मचारीहरुको तालिम सञ्चालन गर्ने भएको छ ।
जिल्ला जनगणना अधिकृत ज्योती के.सी का अनुसार मुख्य प्रश्नावली भर्नका लागि छनोट भएका गणकहरुको लागि कात्र्तिक १३ गतेदेखि तालिमको आयोजना गरिएको हो । उनका अनुसार कुश्मा नगरपालिका, मोदी गाउँपालिका, फलेवास नगरपालिका र जलजला गाउँपालिकामा खटीन लागेकाहरु गणकहरु र यस अगाडि दुई दिनको मात्र तालिम लिएका सुपरीवेक्षकहरुको लागि कात्ति १३ गतेदेखि १६ गतेसम्मको लागि तालिमको आयोजना गरिएको हो । शिवालय माध्यमिक विद्यालय कुश्मामा आयोजना हुने तालिम बिहान साढे नौ बजेबाट सुरु गर्न लागिएको छ ।
यस्तै, पैयुँ गाउँपालिका, बिहादी गाउँपालिका र महाशिला गाउँपालिकामा खटीन लागेका गणकहरु र यस भन्दा अगाडि दुई दिनको मात्र तालिम लिएका सुपरीवेक्षकहरुको लागि पनि कात्ति १३ देखि १६ गतेसम्मको लागि तालिम सञ्चालन गर्न लागिएको हो । हुवास बहुमुखी क्याम्पस, हुवासमा हुन लागेको उक्त तालिम पनि बिहान साढे नौ बजेबाट नै सुरु गर्न लागिएको जनगणना अधिकृत के.सी.को भनाई छ ।