मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

शिक्षकको दरबन्दी मिलानमा जलजला गाउँपालिका पहिलो

कार्तिक १५, २०७८

संजय रेग्मी
कात्तिक १४, २०७८
पर्वत : शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले शिक्षकहरुको दरबन्दी मिलानको लागि सूची निकालेको धेरै भएको भए पनि स्थानीय तहहरुले भने त्यो अनुसारको काम गर्न सकेका छैनन् ।
राजनीतिदेखि अन्य पक्षको प्रभावका कारण स्थानीय तहहरु दरबन्दी मिलानमा कस्सिन नसकिरहेको बेलामा पर्वतको जलजला गाउँपालिकाले भने दरबन्दी मिलान गर्ने जिल्लाको पहिलो स्थानीय तह बनेको छ । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्रीका अनुसार मन्त्रालयले तयार पारेको विवरण अनुसार कार्यपालिकाको निर्णय शिक्षकका पेशागत संघ संगठन लगायतलाई समेत राखेर गरेको सहमतिका आधारमा सहज वातावरणमै दरबन्दी मिलानको काम सकिएको हो ।
‘हामीले शिक्षकहरुका पेशागत संघ तथा संगठनका प्रमुख र प्रतिनिधि राखेर दरबन्दी मिलानको दायराका बारेमा जानकारी गराएका थियौँ। उहाँहरु कसैले पनि यसमा आफ्नो स्वार्थ लाद्न नखोज्ने र यसमा सघाउने बताउनुभएको थियो,’ उनले भने, ‘सकेसम्म शिक्षकहरुलाई सहज हुने तरीकाले मिलानको काम गरिएको छ । यहाँबाट कोही पनि शिक्षक बाहिर जानु नपर्ने अवस्था रह्यो ।’
सकेसम्म पायक पर्ने स्थान रोज्न दिइएकाले पनि शिक्षकहरुलाई समेत दरबन्दी मिलानले असर नगरेको हो । दरबन्दी मिलानको काम सकिएसँगै शिक्षक नियुक्तिका लागि अनुमति, सरुवा लगायतका कुरामा पनि सहज हुने भएको छ । सरकारले तोके अनुसारको न्यूनतम मापदण्ड कायम गरेर मिलान गरिएको र प्रति ४५ जना विद्यार्थी बराबर एक जना शिक्षक पर्ने गरी शिक्षक दरबन्दी अनुपात मिलाईएको गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले बताए ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive